माधव नेपाल जोडिएको पतञ्जलि योगपीठ जग्गा हिनामिनामा साक्षी बुझ्न आदेश
काठमाडौँ । विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग सम्बन्धित पतञ्जलि योगपीठ र आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा साक्षी बुझ्ने आदेश गरेको छ । विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले सरकार र प्रतिवादीलाई साक्षी पेश गर्न आदेश दिएका हुन् ।
यसअघि, विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माधव नेपाल लगायतका व्यक्तिहरूको अनुसन्धान गरेर तामेलीमा राख्ने निर्णयको फाइल झिकाएको थियो । यसपछि अख्तियारबाट नेपालसँग सम्बन्धित मुद्दाको फाइल प्राप्त भएपछि आइतबारका लागि पेशी तोकिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि योगपीठ र आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो । नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय माग गरिएको छ । तत्कालीन प्रधानमन्त्रीको हैसियतमा नेपालले पदको दुरुपयोग गर्दै सरकारी सार्वजनिक सम्पत्ति व्यक्तिगत र संस्थागत स्वार्थमा हस्तान्तरण गराएका अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
एक्सप्रेस
सम्बन्धित खबर
नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त
काठमाडौँ । नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठलाई संयुक्त राष्ट्रसंघले फोर्स कमान्डरमा नियुक्त गरेको छ । सुडान र दक्षिण सुडानबिचमा रहेको अबेई क्षेत्रमा खटिएको राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको उनी फोर्स कमान्डर बनेका...
पासपोर्टमा ‘काम गर्न निषेध’ लेख्ने दुई कर्मचारी हटाइए
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका दुई अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ । अध्यागमन विभाग का अनुसार उनीहरूले कानुनविपरीत पासपोर्टमा ‘काम गर्न निषेध’ लेख्ने गैरकानुनी अभ्यास गरेका थिए ।
यूएई जान लागेका नेपालीको...
रसुवा–नुवाकोटमा थप ठूलो बाढी आउने हल्लामा नआत्तिन आग्रह
काठमाडौँ । रसुवा–नुवाकोट क्षेत्रमा थप ठूलो बाढी आउन लागेको भन्दै विभिन्न फोन तथा सूचना प्राप्त भइरहेका बेला नेपाल बाढी सूचनाले त्यस्ता अपुष्ट सूचनाको पछि नलाग्न आग्रह गरेको छ । नेपाल बाढी सूचनाका अनुसार उक्त क्षेत्रमा वर्षा भइरहेकाले नदीको बहाव के...
आईजीपी खापुङलाई जाँचबुझ आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण
काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक आईजीपी चन्द्रकुवेर खापुङलाई जेनजी आन्दोलन जाँचबुझ आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । जाँचबुझ आयोगलाई असहयोग गरेको भन्दै उनलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको हो । आयोगले माग...
मौसम महाशाखाको विशेष बुलेटिन : देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । आज रातिदेखि बुधबार कात्तिक १२ बिहानसम्म वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो । यो अवधिमा कर्णाली प्रदेशका क...
चिसोले गरिब बस्तीको जनजीवन कष्टकर
महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन पुस लागेयता बढ्दै गएको जाडोले प्रभावित बनेको छ । पुस लागेसँगै ह्वात्तै बढेको चिसोले गरिब बस्ती बढी प्रभावित भएका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा पुस लागेसँगै बिहानदेखि नै मध्याह्न...



