दाङमा एमालेको झण्डा जलाएको आरोपमा एक जना पक्राउ
काठमाण्डौँ । दाङमा नेकपा एमालेको झण्डा जलाएको आरोपमा एक जना पक्राउ परेका छन् । एमालेको झण्डा जलाएको आरोपमा दाङको तलसीपुर ७, कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेत पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, दाङको टोलीले अनुसन्धानका क्रममा बस्नेतलाई पक्राउ गरेको हो ।
उनलाई हिरासतमा राखेर थप अनुन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ। त्यस्तै, झण्डा जलाउने कार्यक्रममा संलग्न अन्य व्यक्तिको खोजि भइरहेको प्रहरीको भनाइ छ । फागुन ७ गते राति साढे ९ बजेतिर तुलसीपुर ५ स्थित वीरेन्द्र चोकमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानको स्वागतमा उपस्थित व्यक्तिले एमालेको झण्डा जलाएका थियो । एमालेले रास्वपा कार्यकर्ताले आफ्नो झण्डा जलाएको आरोप लगाएको छ। रास्वपाले भने यसमा आफ्ना कार्यकर्ता संलग्न नभएको प्रस्टीकरण दिएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
वेदिका केसी पक्राउ
काठमाडौँ । सामाजिक सञ्जालमा भ्रामक प्रचार गरेको र चरित्रहत्या हुने अभिव्यक्ति दिएको आरोपमा अभियन्ता वेदिका केसी काठमाडौंको जोरपाटीबाट पक्राउ परेकी छन् । नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले कथावाचिका राधिका दासीको औपचारिक उजुरीका आधारमा बिहीबार...
शिक्षामन्त्रीविरुद्ध नाराबाजी गर्ने ५ जना पक्राउ
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय त्रिविका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलविरुद्ध प्रदर्शन र नाराबाजी गर्ने पाँच जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस तथा सभाको बैठकमा...
रौतहटको ज्योति डिस्टिलरीमा विस्फोट हुँदा एकको मृत्यु, ६ कामदार घाइते
काठमाडौँ । रौतहटको कटहरिया नगरपालिका–९ स्थित ज्योति डिस्टिलरीमा शनिबार बिहान बोइलर इन्धन वा पानी तताउने कन्टेनर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना कामदार घाइते भएका छन् । घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय कटहरियाका सई धर्मेन्...
निर्वाचन स्वच्छ र भयरहित अनिवार्य सर्त, सुरक्षाकर्मीको मनोबल उच्च
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले लोकतन्त्रको स्थायित्वका लागि स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन अनिवार्य सर्त भएको बताएका छन् । बुधबार काठमाडौँमा आयोजित ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सरोकारवालाको भूमिका’ व...
क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी, अच्युत दुलाल पक्राउ
काठमाण्डौा । क्यानडामा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै एक जनाबाट ३७ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काभ्रेपलाञ्चोकका ४२ वर्षीय अच्युत दुलाललाई पक्राउ गरेको छ । मण्डनदेउपुर नगरपालिका–६ घर भएका दुलाललाई वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी ज...
अख्तियार प्रमुखसहित १० जनालाई धम्की दिने पाठकलाई लिन प्रहरी टोली फिलिपिन्स जाँदै
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहित १० उच्चपदस्थ व्यक्तिलाई ज्यानको धम्की दिने प्रकाश पाठकलाई स्वदेश ल्याउन नेपाल प्रहरीको विशेष टोली फिलिपिन्स जान लागेको छ ।
फिलिपिन्सले पाठकविरुद्ध निष्कासन प्रक्रिया सुरु...



