बिहिबार, १८ भदौ २०८३
नेपाली

रौतहटको ज्योति डिस्टिलरीमा विस्फोट हुँदा एकको मृत्यु, ६ कामदार घाइते

Main News Image

काठमाडौँ । रौतहटको कटहरिया नगरपालिका–९ स्थित ज्योति डिस्टिलरीमा शनिबार बिहान बोइलर इन्धन वा पानी तताउने कन्टेनर  विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना कामदार घाइते भएका छन् । घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय कटहरियाका सई धर्मेन्द्र पौडेलका अनुसार विस्फोटमा परी कटहरिया नगरपालिका–९ बलुवा गाउँका अन्दाजी ३५–४० वर्षका लक्ष्मण यादवको घटनास्थलमै मृत्यु भएको हो। विस्फोट अत्यन्तै शक्तिशाली रहेकाले डिस्टिलरी परिसरमा समेत क्षति पुगेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरूलाई प्रारम्भिक उपचारपछि एम्बुलेन्समार्फत वीरगञ्जतर्फ रिफर गरिएको छ । घाइतेको पहिचान र विस्फोटको ठोस कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते तथा मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

घटनापछि स्थानीयवासीमा त्रास फैलिएको छ। सम्भावित थप क्षति हुन नदिन सुरक्षाकर्मीले घटनास्थल नियन्त्रणमा लिँदै सुरक्षा व्यवस्था कडा बनाएका छन्।

जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीले घटनाको पुष्टि गर्दै अनुसन्धानका लागि थप टोली परिचालन गरिएको जानकारी दिएका छन् । यसैबीच, स्थानीयवासीहरूले डिस्टिलरी सञ्चालकको लापरबाहीका कारण यति ठुलो दुर्घटना भएको आरोप लगाएका छन् । 

mediabaaji add

सम्बन्धित खबर

पासपोर्ट छपाइ भ्रष्टाचारमा महानिर्देशक अर्याल पक्राउ

काठमाडौँ । पासपोर्ट खरिदसम्बन्धी अनियमितता प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गरेको हो । राहदानी छपाइ अनियमितताको अनुसन्धानका लागि अख्तियारले अर्याललाई पक्राउ गरेक...

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलको १३औं महानिरीक्षक आईजीपीमा नारायणदत्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ। वैशाख १९ गतेदेखि लागू हुनेगरी उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

सशस्त...

प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

काठमाडौँ । नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्...

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वमन्त्री रायमाझीलाई चार र खाँणलाई दुई वर्ष कैद

काठमाडौँ । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले कसुरदार ठहर भएका मुख्य अभियुक्त र मतियारहरूको सजाय निर्धारण गरेको छ। अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वगृहसचिव टेकनाराय...

स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक जोशी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले स्मार्ट टेलिकम स्मार्ट सेलका अध्यक्ष सर्वेश जोशीलाई नियन्त्रणमा लिएको छ । ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा जोशीलाई सोमबार काठमाडौंको खुर्सानीटारबाट पक्राउ...

मध्यरातमा प्रहरीको ‘स्वीप अपरेसन’ : गुन्डागर्दीमा संलग्न आरोपमा १७ जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यकामा बढ्दो गुन्डागर्दी र सर्वसाधारणमाथि हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरीले विशेष ‘स्वीप अपरेसन’ सञ्चालन गरेको छ । काठमाडौँ अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति उपत्यकाका विभिन्न स्थानमा छापा मार्दै कम्तीमा १...