शनिबार, ०२ साउन २०८३
नेपाली

“सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन सम्बन्धी एक दिवसीय कार्यशाला गोष्ठी” सम्पन्न

Main News Image

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको आयोजनामा “काठमाडौँ उपत्यकामा सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन सम्बन्धी एक दिवसीय कार्यशाला गोष्ठी ” २०८२ सम्पन्न भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजना तथा Nepal Automobile Importers and Manufacturers Association (NAIMA) को सहकार्यमा गोष्ठीको आयोजना गरिएको हो ।

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माको प्रमुख आतिथ्यमा पानसमा दीप प्रज्वलन गरी उदघाटन सत्रको कार्यक्रमको सुरुवात भएको हो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि केशव कुमार शर्माले जीवनलाई सहज बनाउने र विकासको गतिलाई अगाडि बढाउने पूर्वसर्तको रुपमा यातायात रहेको भए तापनी सडक सुरक्षाको विषय निकै संवेदनशील हुँदै गइरहेको बताउनुभएको छ । सडक सुरक्षा जस्तो संवेदनशील विषयमा एक निकायमात्र सक्रिय भएर नहुने र सरोकारावाला निकायका उच्च तहका व्यक्तिको समेत सहभागितामा सबैले यस विषयमा वकालत गर्नु पर्नेमा उहाँले जोड दिनु भयो ।

गोष्ठीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय, यातायात व्यवस्था विभाग, राष्ट्रिय सडक सुरक्षा परिषद्, सडक विभाग, वातावरण विभाग, Institute of Road Traffic Education का अध्यक्ष डाक्टर रोहित बालुजा, नेपाल प्रहरी प्रधान कार्यालयको कार्य विभाग, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौँ महानगरपालिका लगायतको तर्फबाट प्रस्तुतीकरण हुनुका साथै छलफल समेत भएको थियो ।

सो अवसरमा अवकाश प्राप्त प्रहरी महानिरीक्षक प्रकाश अर्याल र अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीले गोष्ठीमा छलफल भएका विषयहरूमा सुझाव तथा टिप्पणी दिनुभएको थियो । सडक सुरक्षा सुदृढीकरण तथा दुर्घटना न्युनीकरण लागि काठमाडौँ उपत्यकाको ट्राफिक अवस्थाको तथ्यमा आधारित विश्लेषण गर्नु, सरोकारवाला निकायबिच एकिकृत रुपमा समन्वय र सहकार्य प्रवर्द्धन गरी दिगो ट्राफिक व्यवस्थापनको आधार निर्माण गर्नु, ट्राफिक प्रहरीको क्षमता अभिवृद्धिका लागि अन्तराष्ट्रिय अनुभव, नविन अभ्यास तथा सुझाव आदान- प्रदान गर्नु, सडक प्रयोगकर्तामा सचेतना अभिवृद्धि गर्नु, सर्वसाधारण, विद्यालय/विश्वविद्यालय, विद्यार्थी र पेशागत चालकलहरूमा सडक सुरक्षा सम्बन्धी सचेतना र जिम्मेवारी प्रवर्द्धन गर्नु यस कार्यशाला गोष्ठीको मुख्य उदेश्य रहेको थियो ।

समापन सत्रका प्रमुख अतिथि, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले कार्यशाला गोष्ठीले सडक प्रयोग एवम् सवारी दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला निकाय तथा संस्थाहरूबीच नीतिगत र कार्यगत समन्वय, सहकार्य अनि सहजीकरणमा विशेष पहल कदमी हुने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले Institute of Road Traffic Education का अध्यक्ष डाक्टर रोहित बालुजालाई मायाको चिनो प्रदान गर्नुभयो । ट्राफिक प्रहरीको क्षमता अभिवृद्धि तालिम संचालनमा महत्वपूर्ण योगदान पुर्‍याउनु हुने Nepal Automobile Impoters And Manufacture Accociaton ( NAIMA ) का प्रतिनिधिहरूलाई प्रहरी महानिरीक्षक कार्कीले कदरपत्र समेत प्रदान गर्नुभएको थियो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो ।

mediabaaji add

सम्बन्धित खबर

वैदेशिक रोजगारीमा कडाइ, सेवा शुल्क अब अनिवार्य बैंकिङमार्फत मात्रै

काठमाडौँ । वैदेशिक रोजगार विभाग ले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई सेवा शुल्क अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत भुक्तान गर्न आग्रह गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको विभागले ठगी नियन्त्रण, आर्थिक कारोबारम...

मधेस प्रहरीका घुमुवा तानिए छानबिनमा, तस्करीसँग जोडिएको आरोप

वीरगञ्ज । प्रहरी प्रधान कार्यालयले मधेस प्रदेश प्रहरी मातहत कार्यरत ३१ जना घुमुवा प्रहरीलाई छानबिनका लागि तानेको छ । प्रधान कार्यालय, प्रशासन शाखाको पत्रपछि उनीहरूलाई केन्द्रमा बोलाइएको हो । स्रोतका अनुसार सीमा नाकामा हुने अवैध ओसारपसार व्यवस्थापन...

स्रोत नखुलेको १५ लाखसहित चार जना प्रहरी नियन्त्रणमा

रामेछाप । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२, झनझने चेकपोष्ट प्रहरीले स्रोत नखुलेको रकमसहित चार जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा परेकामध्ये एक जना चिनियाँ नागरिक पनि रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन...

कालोपुलमा कोठा फोडेर सुन–नगद चोरी गर्ने गिरोह पर्दाफास, हतियारसहित दुई पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले डेरा कोठाबाट सुन, चाँदीका गरगहना, नगद तथा धारिलो हतियारसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–५ कालोपुल लामा गल्लीस्थित एक डेरा कोठाबाट करिब २६ तोला ८ आना बराबरका सुनका...

काठमाडौंको ट्राफिक व्यवस्थापनमा सुधारको संकेत : कारबाही घट्दै, अनुशासन बढ्दै

काठमाडौँ । राजधानी काठमाडौंमा ट्राफिक व्यवस्थापन सुधार गर्ने प्रयासहरू तीव्र बन्दै गएका छन् । बढ्दो सवारी चाप, साँघुरा सडक र नागरिकको कमजोर ट्राफिक अनुशासनबीच पनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधि, जनचेतना र कडाइको संयोजनमार्फत के...

नयाँ संसद भवनको सुरक्षा अवस्थाबारे उच्च प्रहरी अधिकृतले गरे निरीक्षण

काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी ईश्वर कार्कीले सिंहदरबार क्षेत्रस्थित निर्माणाधीन संघीय संसद् भवनको सुरक्षा अवस्थाबारे स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा एआईजी कार्कीसँगै प्रहरीका वरिष्ठ अधिकृतहरू तथ...