सोमबार, १५ भदौ २०८३
नेपाली

सम्पत्ति शुद्धीकरणविरुद्ध एक खर्ब बिगो दाबी १२६ वटा मुद्दा दर्ता

Main News Image

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १६ वर्षमा सम्पत्ति शुद्धीकरणविरुद्ध एक खर्ब बिगो दाबी गरेको छ भने एक सय २६ मुद्दा दर्ता गरेको छ । विभागको स्थापना ३१ असार ०६८ मा भए पनि २० असार ०६६ मा राजस्व अनुसान्धान विभागमार्फत सम्पत्ति शुद्धीकरणसम्बन्धी पहिलो मुद्दा दायर गरिएको थियो ।

सम्पत्ति शुद्धीकरण ऐन, २०६६ जारी भएपछि भने अर्थ मन्त्रालयमातहत रहने गरी विभागलाई यस्तो मुद्दा हेर्ने जिम्मेवारी दिइएको हो । सो मितिदेखि चालू आव ०८र८३ को ६ महिनासम्म एक सय २६ मुद्दा दर्ता गर्दा विभागले एक खर्ब दुई करोड रुपैयाँबराबरको बिगो दाबी गरेको छ ।

चालू आवको ६ महिना भने विभागले सम्पत्ति शुद्धीकरणविरुद्ध पाँचवटा मुद्दा दर्ता गरेको छ । उक्त अवधिमा विभागले विभिन्न कसुरमा सम्बद्ध ४४ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गर्दै आठ अर्ब ८१ करोड रुपैयाँबराबरको बिगो दाबी गरेको हो । ६ महिनामा पाँचवटा मात्रै मुद्दा दर्ता भए पनि चार सय ५८ वटा उजुरी–सूचना आएको विभागले जनाएको छ ।


mediabaaji add

सम्बन्धित खबर

जेनजी आन्दोलनमा प्रहरी कार्यालयमा आगजनी र प्रहरीमाथि कुटपिट : थप दुई आरोपी पक्राउ

काठमाडौँ । जेनजी आन्दोलनको क्रममा प्रहरी प्रभाग साँखुमा आगजनी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका– ३ घर भई हाल काठमाडौंको शंखरापुर नगरपालिका– ७ बस्ने ४३ वर्षीय प्रल्हाद दाहाल र शंखरा...

चारित्रिक प्रमाणपत्रमै कानुन उल्लंघनको विवरण उल्लेख हुने

काठमाडौँ । अबदेखि कानुन विपरीत गरिएका काम–कारबाहीहरू नेपाल प्रहरीबाट जारी हुने चारित्रिक प्रमाणपत्रमै अनिवार्य रूपमा उल्लेख गरिने गृह मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयका अनुसार यस्तो विवरण समावेश हुँदा वैदेशिक अध्ययन, रोजगारी, आप्रवासन तथा व...

सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार व्यवसायी पक्राउ

वीरगन्ज । जिल्ला प्रहरी कार्यालयले वीरगनजको अवैध गोदाममा छापा मार्न जाँदा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई पक्राउ गरेको छ । वीरगन्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले सोमबार वीरगन्जको आदर्शनगरथित अवैध गोद...

हजुरआमाको हत्या गरेर सुनका गहना लुट्ने नाती पक्राउ

कास्की । कास्कीमा २२ वर्षीय युवक हजुरआमाको हत्या आरोपमा पक्राउ परेका छन् । पोखरा महानगरपालिका–३१ बाँसपानीकी ७५ वर्षीया दालकुमारी परियारको यही पुस ३ गते धारिलो हतियार प्रयार गरी हत्या भएको थियो । प्रहरीले घटनामा सङ्लग्न रहेको अभियोगमा मृतकका नाति २...

प्रधानमन्त्री शाहलाई गाली गरेको आरोपमा युट्युबर पक्राउ

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र बालेन शाह विरुद्ध अमर्यादित र गालीगलौजपूर्ण सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले एक युट्युबरलाई पक्राउ गरेको छ । युट्युब च्यानलमार्फत प्रधानमन्त्री शाह र अन्य राजनीतिक नेतृत्वलाई लक्षित गरी भ्रामक तथा मानमर्दन ह...

चोरीको मोटरसाइकलसहित एक युवक पक्राउ

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ बाट चोरीको मोटरसाइकलसहित एक युवकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा पर्नेमा सूर्यविनायक–८ निवासी २६ वर्षीय समिर त्वाटी रहेका छन् । बागमती प्रदेश ०२–०२९ प २...