शुक्रबार, ०१ साउन २०८३
नेपाली

बञ्चरे डाँडामा दोस्रो दिन पनि आन्दोलन जारी, फोहोर बोक्ने गाडी बाटोमै रोकिए

Main News Image

काठमाडौँ । बञ्चरे डाँडाका स्थानीयले बिहीबार पनि काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोक्दै आन्दोलन जारी राखेका छन् । मागहरू पूरा नभएको भन्दै स्थानीयले दोस्रो दिन पनि करिब ३०० गाडी अवरुद्ध पारेका हुन् । धुनिबेँसी नगरपालिका(३ का वडाध्यक्ष प्रकाश हमालका अनुसार ल्यान्डफिल साइटमा बिहीबार बिहानैदेखि स्थानीयको अवरोध कायम छ। हिजो वार्ता भएको थियो, तर निष्कर्ष ननिस्केपछि आज पनि आन्दोलन रोकिएको छैन। काठमाडौँ महानगरका फोहोर बोक्ने करिब ३०० गाडी रोकिएका छन्, अध्यक्ष हमालले बताए ।

आन्दोलनमा सहभागी अमृत तामाङका अनुसार केही नयाँ मागहरू थपिएका छन् भने केही पुराना मागहरू अझै अधूरै छन् । बुधबार सहरी विकास मन्त्री कुलमान घिसिङसँगको छलफल पनि कुनै सहमतिविना टुङ्गिएको थियो । काठमाडौँबाट दैनिक करिब ७०० टन र अन्य पालिकाबाट थप ७०० टन गरी करिब १४ सय टन फोहोर बञ्चरे डाँडामा पुर्‍याइँदै आइएको छ । स्थानीयले मागहरू बेवास्ता भएको आरोप लगाइरहेका बेला काठमाडौँ महानगरपालिकाले भने धेरैजसो माग पूरा भइसकेको दाबी गर्दै आएको छ ।

mediabaaji add

सम्बन्धित खबर

इरानी सेनाको नियन्त्रणमा रहेको युवक उदयपुरका झा

काठमाण्डौँ । पश्चिम एसियामा जारी द्वन्द्वका बीच होर्मुज जल क्षेत्रमा काम गर्दै आएका उदयपुर गाइघाटका ३० वर्षीय अमृत झा इरानी सेनाको नियन्त्रणमा परेका छन् ।

परराष्ट्र मन्त्रालयको पश्चिम एसिया महाशाखाका प्रमुख तथा सहसचिव रामकाजी खड्काका अनुसार...

बिहेको भोज कटौती गरी गाउँमा बत्ती

काठमाडौँ । म्याग्दीको मङ्गला गाउँपालिका–२ कोत्रवाङका एक नवदम्पतीले आफ्नो विवाहको भोजभतेरमा हुने खर्च जोगाएर गाउँमा सडकबत्ती जडान गरिदिएका छन्। हालै बैवाहिक जीवनमा बाँधिएका प्रकाश खत्री र राधिका धिताल खत्रीले आफ्नै निजी लगानीमा टोलभरि बत्ती जडान गर...

आज देशभर मौसम मुख्यतया सफा रहने, एक दुई स्थानमा हल्का वर्षा !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम मुख्यतया सफा रहनेछ । विभागका अनुसार कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा कोशी प्रदेश, बागमती प्र...

कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुनः आवेदन खुला

काठमाडौँ । शैक्षिकसत्र २०८३र८४ मा कक्षा ११ र १२ को छात्रवृत्तिका पुनः आवेदन दिन काठमाडौँ महानगरपालिकाले सूचना जारी गरेको छ । महानगरपालिकाको छात्रवृत्ति कार्यक्रमको पहिलो र दोस्रो सूचीमा मनोनयनमा नपरेका र अन्तिम मनोनयन र्‍यापअपमा समावेश हुन चाने पर...

दशरथ चन्द विश्वविद्यालयमा दुई पटकसम्म विज्ञापन गर्दा भेटिएनन् उपकुलपति

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा कुनै पनि उम्मेदवारको दरखास्त परेन । उपकुलपति पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले पहिलोपटक गत कात्तिक १६ गतेदेखि यही कात्तिक ३० गतेसम्म समय...

प्रहरी महानिरीक्षक कार्की र प्रधान सेनापति सिग्देलबीच शिष्टाचार भेट

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रधान सेनापति अशोकराज सिग्देलसँग भेट गरेका छन् । महानिरीक्षक कार्की शुक्रबार नेपाली सेनाको जंगी अड्डा भद्रकाली पुगेर शिष्टाचार भेट गरेको नेपाल प्रहरीले जनाएको छ । नेपाल प्रहरीले भेटको तस्बिर सार्वज...