ओली सरकारले घुस लिएर नियुक्ति गरेको भन्दै विवादित राजनितिक नियुक्ति बदर गर्ने तयारी
काठमाडौँ । प्रधानमन्त्री शुसिला कार्की नेतृत्वको सरकारले विवादित बनेका राजनितिक नियुक्तिलाई बदर गर्ने तयारी गरेको छ । केहिदिन अघि मात्रै ११ देशका राजदुत फिर्ता बोलाएको सरकारले अब महत्वपुर्ण निकायमा दिएको राजनितिक नियुक्तिलाई खारेज गर्ने भएको हो । पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले महत्वपुर्ण पदहरुमा घुस लिएरमा मात्रै नियुक्ति दिएको भन्दै चर्को आलोचना हुने गरेको छ ।
ओलीले नियुक्ति दिलाएका सबैभन्दा विवादित बनेको धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति हो । यो नियुक्तिमा ५ अर्ब रुपैयाँको चलखेल भएको आरोप लागेको छ । बोर्ड अध्यक्ष नियुक्ति प्रकृयामा ५ अर्बको चलखेल भएको भन्दै प्रधानमन्त्री ओली विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको छ ।
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल इप्पानले सार्वजनिक रुपमा नै आइपीओ स्वीकृतिका लागि धितोपत्र बोर्ड अध्यक्ष सनेतोष नारायण श्रेष्ठले घुस मागेको आरोप लगाइरहेका छन् । इप्पानले बोर्ड अध्यक्ष श्रेष्ठलाई कुनैपनि हालतमा घुस खुवाउन नसक्ने भन्दै आन्दोलनमा जाने घोषणा गरेका छन् ।
एमालेका अध्यक्ष समेत रहेका ओलीले ‘केपी ओली कप’ फुटबल प्रतियोगिता आयोजना गर्नका लागि एक बिचौलियासँग ६ करोड रुपैयाँ लिएको आरोप समेत लागेको छ । बोर्ड अध्यक्ष नियुक्तिको समयमै बैनाको रुपमा बिचौलियाबाट ६ करोड फुटबलको नाममा लिएको घुस बुझेको स्रोतको दाबी छ ।
यस्तै बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिमा पनि चलखेल भएको आरोप लागेको छ । नेपाल आयल निगमको कार्यकारी निर्देशक चयनमा पनि प्रधानमन्त्री ओलीले ठूलो डिल गरेको आरोप लागेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड नेप्सेको प्रमुख कार्यकारी अधिकृत सिइओ नियुक्तिमा पनि बिचौलियाको सेटिङमा काम गरेको आरोप छ ।
एक्सप्रेस
सम्बन्धित खबर
प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पाबाट विप्लवको नाम सिफारिस
काठमाडौँ । नेकपा माओवादीले प्रतिनिधिसभा सदस्यका लागि हुने प्रत्यक्ष निर्वाचनमा पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई रोल्पाबाट एकल रुपमा सिफारिस गरेको छ । रोल्पा जिल्ला समितिले तत्कालीन माओवादीले आधार क्षेत्र मान्दै आएको क्षेत्रबाट उम्मेदवार...
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
काठमाडौँ। प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज र भोलि दलले समानुपात...
सुकुम्बासीको उठिबास र विद्यार्थी संगठनमाथिको प्रतिबन्धप्रति नेकपाको आपत्ति
काठमाडौँ । बैशाख ६, नेपाली कम्युनिष्ट पार्टीले सरकारले हालै देशका विभिन्न स्थानमा सुकुम्बासी परिवारहरूलाई उचित विकल्पबिना उठिबास गराउने तथा झुप्रा भत्काउने कार्य गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ । पार्टीले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा यस्...
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने
काठमाडौँ । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका उम्मेदवारलाई प्रमाणपत्र वितरण गर्ने भएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार यही चैत ५ गते बिहान ११ः३० बजे आयोग परिस...
लेखराज भट्टले अस्वीकार गरे ओली समूहको सचिव पद
काठमाडौँ । नेकपा एमालेका सचिव लेखराज भट्टले सचिव पदमा उम्मेदवार नबन्ने बताएका छन् । अध्यक्ष केपी शर्मा ओली समूहबाट सचिव उम्मेदवारमा नाम आएपछि भट्टले त्यसबारे आफूलाई जानकारी नभएको बताए । नेकपा एमालेको जारी ११औँ महाधिवेश...
कांग्रेसभित्र महाधिवेशन बहस : संस्थापन समूह नै विभाजित
काठमाडौँ । नेपाली काँग्रेसका संस्थापन पक्षका नेताहरू नै विभाजित बनेको छ । महाधिवेशन चुनाव अघि कि पछि भन्ने विवाद चर्किएपछि सभापति शेरबहादुर देउवा निकट नेताहरू नै विभाजित बन्न पुगेका हुन् । केन्द्रीय समिति बैठकको अघिल्ल...



