अब बिपी राजमार्गमा मालवाहक गाडी राति मात्र चल्न पाउने
काभ्रेपलाञ्चोक । पृथ्वी राजमार्गको कृष्णभिरमा पहिरो र बाढीका कारण सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गको रूपमा प्रयोग भइरहेको बिपी राजमार्गमा सवारी साधनको चाप अत्यधिक बढेको छ । बढ्दो चापलाई व्यवस्थित गर्न र सम्भावित जाम तथा दुर्घटना रोक्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आलोपालो ९टोकनरपालो० प्रणाली लागू गर्दै मालवाहक गाडी सञ्चालनमा नयाँ नियम लागू गरेको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले राजमार्गको क्षमतालाई ध्यानमा राख्दै मालवाहक सवारीसाधन रातको समयमा मात्र सञ्चालन गर्न दिने निर्णय गरेको छ। साँघुरो सडकका कारण १० टनभन्दा बढी भार भएका सवारीसाधन सञ्चालनमा जोखिम हुने भएकाले तौलको सीमासमेत तोकिएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
चन्द्रमाको फन्को लगाएर फर्किंदै आर्टेमिस–२
काठमाडौँ । चार अन्तरिक्षयात्री बोकेको आर्टेमिस–२ मिशन चन्द्रमाको परिक्रमा गरेर पृथ्वीतर्फ फर्किएको छ। नेपाली समयअनुसार मंगलबार बिहान टोलीले चन्द्रमाको फन्को लगाएको हो। यस क्रममा मानव इतिहासमै पृथ्वीबाट सबैभन्दा टाढा पुग्ने नयाँ कीर्तिमानसमेत कायम...
मौसम पूर्वानुमान : आज यी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ । देशका बाँकी हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ। तराई भूभाग...
रसुवा बाढी : मृतकको संख्या ९ सय नाघ्यो, ४ हजार जनाभन्दा बढी सम्पर्कविहीन
काठमाडौँ । भोटेकोसीको भीषण बाढीमा परी बेपत्ता व्यक्तिमध्ये हालसम्म ९०३ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणले जारी गरेको आज बिहान ९ बजेसम्मको विवरणअनुसार अझै ४ हजार २४७ जन...
मतदानको दिन देशका अधिकांश भागमा मौसम सफा
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान गरेको छ । साथै मुलुकका पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी प्रदेशका हिमाली, पह...
अब मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज
काठमाण्डौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति बिचौलियालाई प्रवेश निषेध गर्न निर्देशन दिएको छ । बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलको निर्देशन अनुसार...
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती,गण्डकी र लुम्बिनी...



