आइतबार, ०३ साउन २०८३
नेपाली

‘पद होइन, जिम्मेवारी प्राथमिकता हो’ — कुलमान घिसिङको स्पष्टोक्ति

Main News Image

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले सरकारमा सहभागी भएको विषयलाई लिएर उठेका प्रश्नप्रति सार्वजनिक रूपमा धारणा राखेका छन् । सरकारबाट बाहिरिएपछि विभिन्न टिप्पणी आउन थालेपछि उनले आफूले सुरुदेखि नै स्पष्ट अडान राखेर अघि बढेको दाबी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको धारणा अनुसार घिसिङले सरकारमा प्रवेश गर्नुअघि नै यो गैरदलीय सरकार भएकाले आफ्नो सहभागिता दीर्घकालीन नहुन सक्ने विषय प्रधानमन्त्रीसमक्ष स्पष्ट पारेका थिए। भविष्यमा सक्रिय राजनीतिमा जाने सोच खुला रूपमा राखेको उल्लेख गर्दै उनले तत्कालीन परिस्थितिका कारण मात्र जिम्मेवारी स्वीकार गरेको बताएका छन् ।

उनका अनुसार त्यतिबेला राज्य संरचना कमजोर अवस्थामा थियो र जेन–जी आन्दोलनका सहभागीहरूको दबाबसमेत रहेकाले प्रधानमन्त्रीको आग्रह अस्वीकार गर्न सम्भव भएन । आवश्यकता परेमा पदबाट राजीनामा दिएर राजनीतिमा जान सकिने सहमतिसहित आफू सरकारमा गएको घिसिङको भनाइ छ ।

मन्त्री पदबाट दिएको राजीनामा पनि जनभावनाअनुसार नै भएको भन्दै घिसिङले पदप्रतिको मोह नभएको स्पष्ट पारेका छन्। ‘राजनीतिक प्रश्न उठेपछि म आफैंले पद त्यागेको हुँ, म पदलोलुप होइन,’ उनको भनाइ छ । तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गरेको कार्यसम्पादनले नै आफ्नो नियत र प्रतिबद्धता पुष्टि हुने घिसिङले दाबी गरेका छन् । उनले राज्यले दिएको जिम्मेवारी पूरा गर्नु नै आफ्नो प्राथमिकता रहेको उल्लेख गर्दै आलोचनालाई काममार्फत जवाफ दिने संकेत दिएका छन् ।

mediabaaji add

सम्बन्धित खबर

बालबालिकासम्बन्धी ऐनको कार्यान्वयन मापन प्रतिवेदन पारित

काठमाडौँ । विधायन व्यवस्थापन समितिको बैठकले बालबालिकासम्बन्धी ऐन, २०७५ को कार्यान्वयन अवस्थाबारे तयार पारिएको मापन प्रतिवेदनको मस्यौदा पारित गरेको छ। बिहीबार बसेको बैठकले ऐनमा समेटिएका बाल सहभागितासम्बन्धी प्रावधानहरूको कार्यान्वयन मूल्याङ्कन गर्द...

श्रम संस्कृतिले खाता खोल्यो, खोटाङबाट आरेन राई विजयी

काठमाडौँ । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा निर्वाचनमा पहिलो सिट जित्दै खाता खोलेको छ । खोटाङबाट श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई विजयी भएका हुन्। उनले १६ हजार ६१२ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका...

अमेरिकी सहायक विदेशमन्त्री एस. पल कपुर काठमाडौंमा

काठमाडौँ । अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने सहायक विदेशमन्त्री एस। पल कपुर आज काठमाडौं आइपुगेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वासपात्र मानिने कपुर नेपालमा बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि पहि...

रविलाई अर्को राहात : थुनामा राख्नुपर्ने माग उच्च अदालत पाटनद्वारा अस्वीकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने जिल्ला अदालत काठमाडौँको आदेश उच्च अदालत पाटनले सदर गरेको छ। उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारी र दिपककुमार खरेलको इजलासले बिहीबार जिल्लाकै आदेश सदर गरेको हो...

झापा-५ मा ओलीसँग करिब ५० हजार मतान्तरले बालेन निर्वाचित

काठमाण्डौँ । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन ६८ ३४८ मतसहित निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका हुन्...

मतदाता नामावली दर्ता गराउनेको चाप बढ्यो, निर्वाचन कार्यालय बिहान ८ बजेदेखि सञ्चालन

भेरीगङ्गा । सुर्खेतमा मतदाता नामावली दर्ता गराउनेको चाप बढेको छ । प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार नयाँ मतदाता नामावली दर्ता खुला भएको सुरुका दिनमा दर्ता गराउनेको सङ्ख्या न्यून थियो । तर पछिल्ला केही दिनमा मतद...