शुक्रबार, १२ असार २०८३
नेपाली

काम नगर्ने ठेक्का स्वीकार्य छैन : मन्त्री घिसिङ

Main News Image

काठमाडौँ । ऊर्जा, जलस्रोत, शहरी तथा भौतिक मन्त्री कुलमान घिसिङले ठेक्का लिएर लामो समयसम्म काम नगर्ने प्रवृत्ति स्वीकार्य नहुने बताएका छन् । बुधबार सय दिनको कार्य प्रगति सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । निर्माणाधीन आयोजनालाई गति दिन पहल र समन्वय गरिएको मन्त्री घिसिङले बताए । 

पत्रकार सम्मेलनमा उनले भने, ‘विकास भाषणले होइन, परिणामले देखिनुपर्छ भन्ने दृष्टिकोणका आधारमा निर्माणाधीन आयोजनालाई गति दिन आवश्यक पहल र समन्वय गरिएको छ। योजना छन्, बजेट छ, ठेक्का पनि लागेको छ– तर काम हुँदैन। एउटा पुल १४ वर्षसम्म पनि निर्माण हुन नसक्ने अवस्था स्वीकार्य हुन सक्दैन।’

उनका अनुसार रणनीतिक महत्वका पुल नबन्दा नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। उनले भने, ‘रणनीतिक महत्वका पुल निर्माण नहुँदा पाँच मिनेटमा पुगिने दूरी डेढ घण्टाको जोखिमपूर्ण यात्रा गर्न नागरिक बाध्य छन्। यस अवस्थाको मूल कारण जिम्मेवारीबाट पन्छिने प्रवृत्ति, अनावश्यक दबाब एवम् हस्तक्षेप र कानुन कार्यान्वयनमा आवश्यक कठोरता नहुनु हो भन्ने निष्कर्षमा पुगेको छु।’

मन्त्री घिसिङका अनुसार वर्षौँदेखि आयोजना लिएर काम नगर्ने प्रवृत्ति अन्त्य गर्न रुग्ण ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको छ।

mediabaaji add

सम्बन्धित खबर

गोप्य मोबाइलको हल्ला निराधार, छुट्टै फोन र सिमको आवश्यकता छैन : सरकार

काठमाडौँ । सरकारले मन्त्रीहरूका लागि गोप्य मोबाइल फोन र नम्बर उपलब्ध गराएको भन्ने हल्ला निराधार भएको स्पष्ट पारेको छ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका मन्त्रीहरू र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले छुट्टै मोबाइल फोन र सिम...

निर्वाचन आउन ५८ दिन बाँकीः आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा जोड

काठमाडौँ । सूचना प्रविधिको प्रयोगले आचारसंहिता कार्यान्वयनमा थपेका चुनौती नियन्त्रणका लागि प्रभावकारी संयन्त्रको निर्माण गर्नुपर्नेमा जोड दिइएको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिको पहिलो बैठकले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्मबाट निर्वाचनका...

कांग्रेसले ३ दिन झण्डा आधा झुकाउने, आइतबार सबै कार्यालय बन्द गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले पूर्व केन्द्रीय सदस्य मोहम्मद अफताव आलमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको आकस्मिक बैठकले आलमप्रति श्रद्धाञ्जली व्यक्त गर्दै...

पर्यटन प्रवर्द्धनका लागि लैङ्गिक संवेदनशील र लचिलो पर्यटन आवश्यक : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पर्यटन क्षेत्रको विकासका लैङ्गिक संवेदनशील, दिगो र लचिलो पर्यटन उद्यम प्रवर्द्धन आवश्यक भएको बताएका छन् । काठमाडौंमा आयोजित लैङ्गिक उत्तरदायी, दिगो तथा उत्थानशील पर्यटन उ...

सन्तोष परियारले रास्वपा छाडे

काठमाडौँ । विघटित प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक रहेका नेता सन्तोष परियारले रास्वपा छाडेका छन् । उनले पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कवीन्द्र बुर्लाकोटोलाई राजीनामा बुझाएका...

श्रम संस्कृतिले खाता खोल्यो, खोटाङबाट आरेन राई विजयी

काठमाडौँ । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा निर्वाचनमा पहिलो सिट जित्दै खाता खोलेको छ । खोटाङबाट श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई विजयी भएका हुन्। उनले १६ हजार ६१२ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका...