बिहिबार, ३२ असार २०८३
नेपाली

एन‌ओसीले १४ खेलाडीलाई छात्रवृत्ति दिने, भयो सम्झौता

Main News Image

काठमाडौँ । नेपाल ओलम्पिक कमिटी एनओसीले ओलम्पिक खेलकुद, एसियाली खेलकुद र युवा ‌‌‌‌ओलम्पिक खेलकुद खेल्ने खेलाडीहरूलाई छात्रवृत्ति दिने भएको छ । एन‌ओसीले  विभिन्न खेलका १४ खेलाडीलाई छात्रवृत्ति दिने भएको हो । शुक्रबार पत्रकार सम्मेलन गर्दै एनओसीले ब्याडमिन्टन, उशु, साइक्लिङ, टेबल टेनिस, टेनिस, जुडो, स्पोर्ट्स क्लाइम्बिङ र पौडीका आठ खेलाडीलाई सन् २०२८ मा अमेरिकामा हुने लस एन्जलस ओलम्पिक, सन् २०२६ मा जापानमा हुने आइची नागोया एसियन गेम्समा आर्चरी, बक्सिङ, कराते र उशुका पाँच खेलाडीलाई तथा युथ गेम्सका लागि एक खेलाडीलाई छात्रवृत्ति दिने खेलाडी तथा परिवार र सम्बन्धित संघसँग सम्झौता गरेको हो ।

लस एन्जलस ओलम्पिकको लागि आठ खेलाडीमा ब्याडिन्टनका प्रिन्स दाहाल, साइक्लिङकी उषा खनाल, गल्फका सद्भाव आचार्य, जुडोकी मनिता श्रेष्ठ प्रधान, टेबल टेनिसकी इभाना थापा, टेनिसकी सिभाली थापा, स्पोर्ट्स क्लाइम्बिङकी तेन्जिङ राई र पौडीका एर्भिन श्रेष्ठ छन् । उनीहरूले संघमार्फत हरेक चार महिनामा ११ सय २५ अमेरिकी डलर पाउने छन् ।

त्यस्तै आइची नागोया एसियन गेम्सको लागि पाँच खेलाडी आर्चरीका तिलक पुनमगर, बक्सिङका चन्द्रबहादुर थापा, करातेकी एरिका गुरुङ र सानुमाया थिङ तथा उशुकी सुस्मिता तामाङ रहेका छन् । यस्तै युथ ओलम्पिक गेम्सको लागि उशुकी रश्मी तामाङ छनोट भएकी छिन् ।  एसियन गेम्स र युथ ओलम्पिकका खेलाडीले भने जनही ५० हजार रुपैयाँ पाउने पत्रकार सम्मेलनमा एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिए । छात्रवृत्ति सम्झौता गरेपछि खेलाडीहरूले खुशी व्यक्त गरेका छन् । 

mediabaaji add

सम्बन्धित खबर

ब्याटिङ ‘कोल्याप्स’ ले डुबायो नेपाल ए, ओमानसँग ७० रनले हार

काठमाडौँ । माथिल्लो मुलपानी मैदानमा भएको अभ्यास एकदिवसीय खेलमा नेपाल ए ओमानसँग ७० रनले पराजित भएको छ। २८१ रनको लक्ष्य पछ्याएको नेपाल २१० रनमै अलआउट भयो।

नेपालले उत्कृष्ट सुरुवात गर्दै एक समय १७७–२ को बलियो अवस्थामा पुगेको थियो। तर त्यसपछि के...

विश्वकपमा मेस्सीको अर्को ऐतिहासिक कीर्तिमान

काठमाडौँ । अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले फिफा विश्वकपमा अर्को ऐतिहासिक कीर्तिमान कायम गरेका छन् । अमेरिकाको मियामीमा जारी फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत केप भर्डेविरुद्धको खेलमा गोल गर्दै मेस्सी विश्वकप इतिहासमा लगातार आठ खेलमा...

महिला टी–२० विश्वकप छनोट आजदेखि, १० मध्ये शीर्ष चार विश्वकपमा, नेपाल थाइल्याण्डसँग खेल्दै

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप छनोट क्रिकेट प्रतियोगिता आजदेखि काठमाडौँमा शुरू हुँदैछ । तीन वटा टेस्ट राष्ट्र बंगलादेश, आयरल्यान्ड र जिम्बावेसहित कुल १० राष्ट्रले आगामी विश्वकपमा स्थान बनाउने लक्ष्यसहित प्रतिस्पर्धा गर्दैछन् । 

य...

नगदको जमाना गयो ! गोल्डकप विजेतालाई अलैँची पुरस्कार

काठमाडौँ । ताप्लेजुङमा सम्पन्न भएको दोस्रो अन्तर क्लबस्तरीय आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको विजेतालाई नगदको सट्टा एक सय ३१ केजी ९तीन मन ११ किलोग्राम० अलैँची पुरस्कार उपलब्ध गराइएको छ । बिहीबार भएको फाइनल खेलमा गणेश...

क्रिकेट विश्वकपको उपाधिबाट चुक्यो नेपाल, फाइनलमा पराजित

काठमाडौँ । कोलम्बोमा आयोजित ‘पहिलो दृष्टिविहीन महिला टी २० विश्वकप क्रिकेट २०२५’ को फाइनलमा नेपाल पराजित भएको छ । भारतले नेपाललाई सात विकेटले पराजित गर्दै उपाधि जितेको छ । पहिले ब्याटिङ गरेको नेपालले २० ओभर...

मार्टिनेलीको इन्जुरी समयको गोलमा ब्राजिल विश्वकपको अन्तिम १६ मा, जापान पराजित

काठमाडौँ । अमेरिकामा जारी फिफा विश्वकप अन्तर्गत सोमबार राति भएको निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा पाँच पटकको विजेता ब्राजिलले जापानलाई २,१ गोल अन्तरले पराजित गर्दै अन्तिम १६ को यात्रा तय गरेको छ । निर्धारित ९० मिनेटको खेल १,१ को बराबरीमा...