शनिबार, ०२ साउन २०८३
नेपाली

ट्राफिकसँग रहेका नौ हजार सक्कली कागजपत्र लिन कोही आएनन्

Main News Image

काठमाडौँ । जिल्ला ट्राफिक कार्यालय चितवनले जाँचका क्रममा नियन्त्रणमा लिइएको सवारीचालक अनुमतिपत्रसहितका कागजपत्र फिर्ता लैजान अनुरोध गरेको छ । ट्राफिक नियम उल्लङ्घनको अभिलेख प्रणाली लागू भएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालयमा रहेका आठ हजार ९८२ वटा कागजपत्र फिर्ता लैजान कार्यालयले सर्वसाधारणसँग आग्रह गरेको हो । 

कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार विसं २०८० देखि ट्राफिक प्रहरीले ‘ट्राफिक भायोलेसन रेकर्ड सिस्टम’ राख्न सुरु गरेसँगै कागजात सङ्कलन भएको हो । विभिन्न मिति र स्थानमा गरिएको जाँचका क्रममा चौबीसघण्टे पूर्जी प्राप्त गरेका तर तोकिएको समयभित्र जरिवाना दाखिल नगरेका सवारी चालक तथा धनीहरूलाई १० दिनभित्र कागजपत्र लिन आग्रह गरिएको हो । उनका अनुसार सवारीचालक अनुमतिपत्र, ब्लुबुक, मार्ग अनुमतिजस्ता सक्कली कागजात कार्यालयमा छ ।

कतिपय आगलागीका क्रममा नष्ट भएको भए पनि त्यस्ता कागजातका लागि समेत नयाँ बनाउन सिफारिस गर्न सकिने भएकाले राजस्व बुझाएर लिन आग्रह गरिएको हो ।

mediabaaji add

सम्बन्धित खबर

प्रहरीको गोलीबाट वडाध्यक्षको हत्या

जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका–९ का अध्यक्ष विन्देश्वर यादवको हत्याको आरोपमा प्रहरी जवान शम्भु यादव पक्राउ परेका छन् । भोज खाने विषयमा विवाद हुँदा प्रहरी जवान यादवले वडाध्यक्ष यादवमाथि गोली प्रहार गर...

ठुलो आवाज निकाल्ने ८ मोटरसाइकल प्रहरी नियन्त्रणमा

काठमाडौँ। अनावश्यक ठुलो आवाज निकाल्ने ८ मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।


काठमाडौँ उपत्यकाको नेपालटार डाँडागाउँ स्थित सडक खण्डमा गरिएको विशेष चेकिङको क्रममा ८ ओटा ठुलो आवाज निकाल्ने तथा स्वरुप परिवर्तन गर्ने मोटरसाईकललाई...

हनिट्रयाप प्रकरण : इन्स्पेक्टर शाहीसहित ५ जनाले पाए सफाइ

काठमाडौँ । भैंसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको आरोप लागेको प्रकरणमा नेपाल प्रहरीकी इन्स्पेक्टर बिनु शाहीसहित ५ जनाले अदालतबाट सफाइ पाएका छन् । मंगलबार ललितपुर जिल्ला अदालतका न्यायाधीश ढाकाराम पौडेलको इजलासले शाहीसहित भिमा...

गुण्डागर्दीको आरोपमा सानुभाइ भनिने युवराज गुरुङ पक्राउ

काठमाडौँ । गुण्डागर्दीको आरोपमा सानुभाइ भनिने युवराज गुरुङ पक्राउ परेका छन् । पटक पटक पक्राउ पर्दै र छुट्दै आएका गुरुङलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

२०८० सालको असारमा ठमेलको क्लब ओम्नियाका सञ्चालकलाई कुटपिट गरेको आरोप...

हेलमेटबिना बुलेट हाँकेका सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई निवासमै पुगेर ५ सय जरिबाना

कैलाली । कानुन र नियम सर्वसाधारणका लागि मात्र होइन, उच्च पदमा आसीन विशिष्ट व्यक्तिहरूलाई पनि समान रूपमा लागू हुन्छ भन्ने गतिलो उदाहरण सुदूरपश्चिम प्रदेशमा देखिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह सरकारी निवास परिसरभित्रै हेलमेट...

काठमाडौंबाट हराएका ५३ वटा मोटरसाइकल सवारीधनीले पाए

काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५३ वटा मोटरसाइकल र स्कुटर सवारीधनीलाई बुझाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार आज सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो । काठमाडौं उपत्यका ट्रफिक प्रहरी...