एनएमबि बैंकद्वारा नेपाल–भारत पैसा पठाउने नयाँ क्रस–बर्डर सेवाको सुरुवात
काठमाण्डौँ । एनएमबी बैंक लिमिटेडले नेपाल–भारत सजिलै र तुरुन्तै पैसा पठाउन मिल्ने नयाँ ’इन्डो–नेपाल रेमिट्यान्स’ सेवा सुरु गरेको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा सुरु गरिएको यस सेवाले गर्दा अब भारतबाट नेपालमा र नेपालबाट भारतमा पैसा पठाउन र पाउन पहिलेभन्दा धेरै सुरक्षित र सजिलो हुनेछ ।
यस नयाँ प्रविधिसँगै ग्राहकहरूले परम्परागत झन्झट र ढिलाइबाट पूर्ण मुक्ति पाउनेछन् । अब भारतबाट पैसा पठाउँदा धेरै दिन पर्खिनु पर्दैन, उताबाट पठाउने बित्तिकै एनएमबि बैंकमा रहेको तपाईंको व्यक्तिगत खातामा तुरुन्तै पैसा आइपुग्छ । पैसा मगाउनका लागि र पठाउन अब आफ्नो लामो बैंक खाता नम्बर अरूलाई शेयर गरिरहनु पर्ने झन्झट समेत हुनेछैन । बैंकले ग्राहकहरूको सुरक्षाका लागि एउटा सजिलो र छुट्टै भर्चुअल ठेगाना बनाइदिनेछ र यही ठेगाना मार्फत सजिलै पैसा मगाउन, पठाउन सकिनेछ ।
एक्सप्रेस
सम्बन्धित खबर
अमेरिकी डलरको भाउ १५२ रुपैयाँ नाघ्यो, अन्य मुद्रा कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ५८ प...
कोहलपुर-सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन परीक्षण
सुर्खेत । बहुप्रतिक्षित कोहलपुर सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन परीक्षण गरिएको छ । आयोजना निर्माण सम्पन्न भएसंगै शुक्रबार उक्त लाइन परीक्षण गरिएको हो । १३२ केभी प्रशारण लाइनको निर्माण सम्पन्न भएसँगै कर्णालीबासीले भोग्दै आएको विद्युत समस्या स...
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ...
सुनको मूल्यमा भारी गिरावट, बिहिबार प्रतितोला कति ?
अमेरिकी डलरको भाउ १५२ रुपैयाँ नाघ्यो, युरो र पाउण्ड पनि महँगो
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले तोकेको नयाँ दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा कायम भएको छ । पछिल्लो समय डलरको...
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । लगातार बढिरहेको सुन र चाँदीको मूल्य बिहीबार भने घटेको छ । आज सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि बुध...



