सोमबार, ०४ जेठ २०८३
नेपाली

धुलिखेल–खावा सडकखण्डमा रात्रिकालीन यातायात बन्द : दुई हप्ताभित्र कालोपत्र सक्ने लक्ष्य

Main News Image

काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्यलाई तीव्रता दिन सवारीसाधन आवागमनमा रोक लगाइएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले उक्त खण्डलाई कालोपत्र पक्की बनाउन शनिबार रातिदेखि दुई हप्ताका लागि सडक बन्द गरेको हो ।

निर्माण व्यवसायीको लापरवाहीका कारण लामो समय रोकिएको यो योजनाका लागि गत कात्तिकमा नयाँ निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो । हाल यही चैत ७ देखि २० गतेसम्म रातिको समयमा साँझ ६:०० देखि बिहान ५:०० बजेसम्म यातायातका साधन पूर्ण रूपमा बन्द रहने कार्यालयले जनाएको छ । 

यस अवधिभर टिपर लगायतका मालवाहक सवारीसाधनलाई भने २४ सै घण्टा रोक लगाइएको सिनियर डिभिजनल इन्जिनियर सुनम योगेशले बताए । उनका अनुसार ४ किलोमिटर लामो यो सडकखण्डमध्ये चैतभित्र २.५ किलोमिटर र बाँकी भाग वैशाखसम्ममा पक्की गरिसक्ने लक्ष्य लिइएको छ ।

mediabaaji add

सम्बन्धित खबर

आजदेखि म्यादी प्रहरीमा आवदेन दिन पाइने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सरकारले निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान गरेको छ । नेपाल प्रहरीको मानवस्रोत विकास विभागले बिहीबार सूचना जारी गर्दै निर्वाचनका लागि एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहर...

पहाडी भू-भागमा आंशिक बादल ,तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहदा देशका हिमाली भूभागमा सहित कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वान...

काठमाडौंको तापक्रम ३.० डिग्रीमा झर्‍यो !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यकामा चिसो बढेको जनाएको छ । काठमाडौं उपत्यकामा यस वर्षकै चिसो महसुस भएको छ । जल तथा मौसम विज्ञान विभागको अद्यावधिक विवरणअनुसार सोमबार बिहान कीर्तिपुरको तापक्रम ३.० ड...

मौसम सफा, अर्को प्रणाली नआएसम्म मौसम खुलिरहने, चिसो भने रहिरहने

काठमाडौँ । मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा गराएको पश्चिमी न्यूनचापीय प्रणाली बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले उक्त प्रणाली बाहिरिएको र पश्चिमी वायुको प्रभाव कायम रहेकाले कतैकतै उच्च पहाडी...

निर्वाचन प्रहरीको पर्याप्त आबेदन नपरेपछि पुनः माग

रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक प्रहरी भर्ना, छनोट तथा नियुक्तिको पुनः समय बढाइएको छ । भर्ना समिति रामेछापले निर्वाचन प्रहरी भर्नाका लागि आवेदन दिन माघ १० र ११ गतेसम्मका लागि दुई दिन म्याद थपेको हो ।

निर...

गुल्मीमा थप ३० प्रजातिका नयाँ चरा फेला, पुगे तीन सय ५५

गुल्मी । थप ३० नयाँ प्रजातिको चरा फेला परेसँगै हालसम्म जिल्लामा प्राप्त चरा प्रजातिहरुको सङ्ख्या जम्मा ३५५ पुगेको छ । नेपाल पन्छी संरक्षण सङ्घले जिल्लामा हालै गरेको चरा गणनामा थप ३० नयाँ प्रजातिको चरा फेला परेका हुन् ।  जिल्लाको रेसुङ्गा, मदा...