क्लब लगायत रात्रिकालीन व्यवसाय बन्द हुने
काठमाडौँ । काठमाडौंमा सञ्चालन हुने रात्रिकालीन व्यवसाय फागुन १८ गतेदेखि बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहीबार एक सूचना जारी गर्दै ९ बजेपछि कुनै व्यवसाय नगर्न नगराउन निर्देशन दिएको छ ।
निर्वाचनको सुरक्षा व्यवस्थालाई लक्षित गर्दै प्रशासनले यस्तो निर्देशन दिएको हो । फागुन १८ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि रात्रिकालीन कुनै पनि व्यवसाय नगर्न निर्देशन सहितको सूचना प्रशासनले सार्वजनिक गरेको छ । प्रशासनको यो निर्देशनसँगै राति सञ्चालन हुने क्लब, डिक्सो, डान्स बार, दोहोरी साँझ, रेस्टुरेन्ट लगायतका व्यवसाय ९ बजेपछि खोल्न पाइँदैन ।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को सुरक्षालाई मध्यनजर गरी काठमाडौं जिल्लाभित्र सञ्चालन हुने सम्पूर्ण रात्रिकालीन व्यवसायहरू मिति २०८२/११/१८ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि राती ९:०० बजेसम्म मात्र सञ्चालन गर्ने र तत् पश्चात सम्पूर्ण व्यवसायहरु बन्द गर्नरगराउनुहुन सम्बन्धित सरोकारवालाहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । प्रशासनले जारी गरेको सूचनामा भनिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
रसुवामा बाढीले प्रहरीका ३ कार्यालय बगायो, थप जानकारी आउन बाँकी
काठमाडौँ । तिब्बततर्फबाट आएको बाढीले नेपाल प्रहरीका तीन वटा प्रहरी कार्यालयमा क्षति भएको छ । रसुवा जिल्लामा मात्रै ३ वटा कार्यालयमा क्षति भएको विवरण प्राप्त भएको प्रहरी प्रधान कार्यालयले बताएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार इलाका प्रहर...
पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
काठमाडौँ । आज देशका विभिन्न भूभागमा मौसम आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेषगरी पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ । दिउँसो कोशी प्रदेशसहित पहाडी र हिमाली भूभागमा सामान्य बदली रहनेछ भने...
निरन्तरको वर्षा र पहिरोले मुग्लिन-नारायणगढ सडक ठप्प, यात्रा नगर्न प्रशासनको आग्रह
चितवन । निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण मुग्लिन-नारायणगढ सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले बाटोको वर्तमान अवस्था अत्यन्तै जोखिमपूर्ण रहेको भन्दै तत्कालका लागि सो सडक खण्डमा सवारीसाधन नचलाउन सू...
मौसम पूर्वामानुमान : उच्च पहाडी भेगमा हिमपात र वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागमा आंशिक बादल लागेको छभन...
मतदानको दिन देशका अधिकांश भागमा मौसम सफा
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान गरेको छ । साथै मुलुकका पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी प्रदेशका हिमाली, पह...
आजदेखि म्यादी प्रहरीमा आवदेन दिन पाइने
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सरकारले निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान गरेको छ । नेपाल प्रहरीको मानवस्रोत विकास विभागले बिहीबार सूचना जारी गर्दै निर्वाचनका लागि एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहर...



