शनिबार, ०२ साउन २०८३
नेपाली

काठमाडौंमा १८ गतेदेखि रात्रिकालीन व्यवसाय बन्द

Main News Image

काठमाडौँ । काठमाडौंमा फागुन १८ गतेदेखि राति ९ बजेपछि रात्रिकालीन व्यवसाय गर्न बन्देज लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै रात्रिकालीन व्यवसाय सञ्चालनमा बन्देज लगाएको हो।

जिल्ला प्रशासन कार्यालयका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘निर्वाचन सुरक्षालाई मध्यनजर गरी काठमाडौँ जिल्लाभित्र सञ्चालन हुने सम्पूर्ण रात्रिकालीन व्यवसायहरू फागुन १८ देखि अर्को निर्णय नभएसम्मका लागि राति ९ बजेसम्मको लागी मात्र सञ्चालन गर्ने र त्यसपछि सम्पूर्ण व्यवसायहरू बन्द गर्न, गराउनुहुन सरोकारवालाहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’

जिल्ला प्रशासन कार्यालय काठमाडौंद्धारा जारी सूचनामा निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर उक्त निर्णय गरिएको हो । यससँगै काठमाडौंभित्र रात्रीकालीन सञ्चालन हुने होटेल, रेस्टुरेन्ट लगायतका सम्पूर्ण रात्रिकालीन व्यवसायहरू अर्को निर्णय नभएसम्मका लागि राति ९ बजेसम्म सञ्चालन गर्न पाइनेछ । यो नियम फागुन १८ गतेदेखि लागू हुनेछ ।


 

mediabaaji add

सम्बन्धित खबर

उजुरीलाई हतियार बन्न नदिन सम्पत्ति शुद्धीकरण ऐन संशोधन गरिएको हो : अर्थमन्त्री वाग्ले

काठमाडौँ । सरकारले सम्पत्ति शुद्धीकरण मनि लाउन्ड्रिङ निवारण ऐनमा अध्यादेशमार्फत गरिएको विवादित व्यवस्थालाई संशोधन गर्दै पुरानै कानुनी व्यवस्थामा फर्काएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले अध्यादेशमार्फत ल्याइएको केही व्यवस्था अपेक्षाभन्दा बढी क...

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले घटेर तोलामा २ लाख ७७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार २ लाख ७७ हजार नौ सय रुपैयाँमा कारोबार भएको थिय...

मंगलबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ३१ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ आठ पैसा र...

अब नागरिकको तत्कालै मौखिक आदेशमा बैंक खाता रोक्का हुने

काठमाडौँ । अब नागरिकले बैैंक तथा वित्तिय अपराध भएमा तत्कालै मौखिक आदेश दिएमा खाता रोक्का हुने व्यवस्था लागू हुने भएको छ । जसको लागि राष्ट्र बैंकले २४ औं घण्टा सेवा प्रवाह गर्न बैंकहरुलाई आग्रह गरेका हो । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थ...

नेप्सेमा २०.७५ अंकको गिरावट, ८ अर्ब ३६ करोडको कारोबार

काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २०.७५ अंकले घटेर २६४२.१५ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३५४ कम्पनीको २ करोड ५ लाख ५९ हजार ५५ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३६ करोड ४४ लाखको सेयर कारोबार भएको छ । आज ४२ कम्पनीको सेयर मूल्...

घट्यो सुनको मूल्य, बुधबार प्रतितोला कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन तोलामा ९०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८७ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो कारोबारको दिन सुन प्रतितोला दुई...