सोमबार, २२ असार २०८३
नेपाली

नर्वेसँग पराजित भएपछि नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

Main News Image

काठमाडौँ । फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ अन्तिम १६को खेलमा नर्वेसँग २,१ गोल अन्तरले पराजित भएसँगै ब्राजिल प्रतियोगिताबाट बाहिरिएको छ। यस स्तब्धपूर्ण हारलगत्तै ब्राजिलका स्टार फरवार्ड नेयमारले भावुक बन्दै अन्तर्राष्ट्रिय फुटबलबाट आफ्नो सन्यासको घोषणा गरेका छन् ।

अमेरिकाको न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा आइतबार राति भएको यो पराजयले ब्राजिलको विश्वकप यात्रालाई यसपटक निकै चाँडै पूर्णविराम लगाइदिएको हो। सन् १९९० पछि विश्वकपको यो चरणबाटै ब्राजिल बाहिरिएको यो पहिलो पटक हो। खेल सकिएको अन्तिम सिट्टी बज्नासाथ ३४ वर्षीय नेयमार मैदानमै भक्कानिँदै रोएका थिए, जहाँ उनलाई सहकर्मी खेलाडीहरूले सम्हालेका थिए ।

यो ऐतिहासिक खेललाई नर्वेको पक्षमा पार्न स्टार स्ट्राइकर एर्लिङ हालान्डले उत्कृष्ट प्रदर्शन गरे। उनले खेलको ७९औँ र ९०औँ मिनेटमा दुई गोल गर्दै आफ्नो टोलीलाई क्वाटरफाइनलको यात्रा गराए। खेलको इन्जुरी समयमा ब्राजिलका लागि नेयमारले पेनाल्टीमार्फत एक सान्त्वना गोल फर्काए पनि त्यो टोलीलाई जोगाउन पर्याप्त भएन।


mediabaaji add

सम्बन्धित खबर

विश्वकपअघि नेपालको दमदार सुरुवात, यूएई ७ विकेटले पराजित

काठमाडौँ । आईसीसी टी–२० विश्वकप २०२६ को तयारीमा रहेको नेपाली क्रिकेट टिमले पहिलो वार्म–अप खेलबाट दमदार सुरुवात गरेको छ । चिरपरिचित प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स यूएई विरुद्ध नेपालले ७ विकेटको शानदार जित निकालेको हो ।

सुरुवातमै तीन विके...

एनपिएल : आज भएको पहिलो खेलमा लुम्बिनी लायन्सको सान्दार जित

काठमाडौँ । दोस्रो नेपाल प्रिमियर लिग एनपिएलमा आज भएको पहिलो खेलमा लुम्बिनी लायन्सले ३ विकेटले जित हासिल गरेको छ । शनिबार त्रिवि मैदानमा भएको पहिलो खेलमा लुम्बिनी लायन्सले १९.४ ओभरको खेलमा ७ विकेट गुमाउँदै १५१ रन बनाएर...

आयो साफ यू–२० च्याम्पियनशिपको खेल तालिका, नेपाल समूह ‘ए’ मा

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङघ साफले माल्दिभ्समा आयोजना हुने साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ । आगामी मार्च २३ देखि अप्रिल ४ तारिखसम्म आयोजना हुने उक्त प्रतियोगितामा सहभ...

टी-२० विश्वकपमा आज तीन खेल हुदै

काठमाडौँ । जारी टी-२० विश्वकपमा आज तीन खेल हुदैछन् । आज पहिलो खेल समुह बी अन्तर्गत आयरल्याण्ड र ओमानबीच हुदैछ । श्रीलंकाको कोलम्बोमा हुने यो खेल नेपाली समय अनुसार बिहान ११स् १५ बजेदेखि शुरु हुदैछ । जारी विश्वकपमा आयरल्याण्ड र ओमान दुवैले आफ्ना शुर...

आइसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट : खेल तालिका सार्वजनिक

काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले नेपालमा आयोजना हुने आइसीसी महिला टी २० विश्वकप ग्लोबल छनोटको खेल तालिका सार्वजनिक गरेको छ । उक्त प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता रहेको छ । क्यानले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह ‘बी’...

एनपीएलमा आज दुई खेल, चितवन र विराटनगरलाई प्लेअफको अवसर

काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज पनि दुई रोमाञ्चक खेल हुँदै छन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल बिहान ११स्४५ बजे चितवन राइनोज र काठमाड...