मंसिर महिनाका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कसले कति घटाए ?
काठमाडौँ । वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन् । प्रकाशित सूचना अनुसार २० मध्ये १० वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने १० बैंकहरुले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । एनआईसी एशिया, सिद्धार्थ, हिमालयन, स्ट्याण्डर्ड चार्टर्ड, प्राइम कमर्सियल, सिटिजन्स, नबिल, नेपाल एसबिआई, सानिमा र कुमारी बैंकले मंसिर महिनाका लागि निक्षेपको अधिकतम ब्याजदर घटाएका हुन् । बाँकी १० बैंकहरुले भने कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका हुन् ।
मंसिर महिनाका लागि सबैभन्दा बढी ब्याजदर घटाउन बैंक एनआईसी एशिया रहेको छ । बैंकले कात्तिकको तुलनामा ०.७५ प्रतिशतले ब्याजदर घटाएको हो। मंसिर महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा एनआईसी एशियाले अधिकतममा ५.७५ प्रतिशतका दरले ब्याज दिने भएको छ । बैंकले संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर भने घटाएको छ । व्यक्तिगत मुद्दती निक्षेपमा मंसिर महिनामा सबैभन्दा बढी ब्याज ग्लोबल आइएमई बैंकले अधिकतममा ६ प्रतिशतसम्म ब्याज दिनेछ । यस्तै, सबैभन्दा कम ब्याज भने स्ट्याण्डर्ड चार्टर्ड बैंकले अधिकतममा ४।७ प्रतिशत ब्याज दिने भएको छ ।
व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औषत ब्याजदर, कात्तिक महिनाको तुलनामा मंसिर महिनामा ०.१६ प्रतिशतले घटेको छ । कात्तिकमा बैंकहरुले औसतमा ५.२० प्रतिशतका दरले ब्याज दिएकोमा मंसिरमा भने ५.०४ प्रतिशतमा झरेको छ । त्यस्तै, संस्थागत मुद्दती निक्षेपको ब्याजदर भने समीक्षा अवधिमा ०.०७ प्रतिशतका दरले घटाएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
एपोलो हाइड्रोपावरको आईपीओ सर्वसाधारणलाई बाँडफाँड
काठमाडौँ । एपोलो हाइड्रोपावर लिमिटेडले चैत २६ गतेदेखि वैशाख २ गतेसम्म सर्वसाधारणका लागि खुला गरेको आईपीओ बिक्री प्रबन्धक हिमालयन क्यापिटलले आज बाँडफाँड गरेको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ७ लाख ८० हजार २०० कित्त...
आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण
काठमाडौँ । एसियाली विकास बैंक एडिबीले सन् २०२६ मा नेपालको आर्थिक वृद्धि दर दुई दशमलव सात प्रतिशतमा सीमित हुने प्रक्षेपण सार्वजनिक गरेको छ । एडिबीद्वारा प्रकाशित ‘एसियन डेभलपमेन्ट आउटलुक अप्रिल २०२६’ अनुसार यो दर अघिल्लो आर्थिक वर्षमा चार दशमलव छ प...
बुधबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ११ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैया...
सुनचाँदीको मूल्य निरन्तर उकालो, तोलाको कतिमा हुँदैछ कारोवार ?
काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्य निरन्तर वृद्धि भएको छ । विगत तीन दिनदेखि प्रतितोला रु दुई लाख ७७ हजारभन्दा अधिक मूल्यमा किनबेच भएको पहेँलो धातु र चाँदीको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल...
डलर र युरोको विनिमयदरमा उतारचढाव, खाडी मुलुकको मुद्राको भाउ कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको नयाँ विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २७ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८७ पैसा कायम भएको...
विजय लघुवित्तको एफपीओ शुक्रबार बाँडफाँट हुने
काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्थाको एफपीओमा यहि साता बाँडफाँट गर्ने तयारी भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले एफपीओ शुक्रबार बाँडफाँट गर्ने तयारी गरी रहेको हो । एफपीओमा अन्तिम दिनसम्ममा २२ लाख ९९ हजार २५२ जनाको आवेदन थिएका थिए । सिडिए...


