बिहिबार, ३२ असार २०८३
नेपाली

मंसिर महिनाका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कसले कति घटाए ?

Main News Image

काठमाडौँ । वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन् । प्रकाशित सूचना अनुसार २० मध्ये १० वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने १० बैंकहरुले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । एनआईसी एशिया, सिद्धार्थ, हिमालयन, स्ट्याण्डर्ड चार्टर्ड, प्राइम कमर्सियल, सिटिजन्स, नबिल, नेपाल एसबिआई, सानिमा र कुमारी बैंकले मंसिर महिनाका लागि  निक्षेपको अधिकतम ब्याजदर घटाएका हुन् । बाँकी १० बैंकहरुले भने कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका हुन् ।

मंसिर महिनाका लागि सबैभन्दा बढी ब्याजदर घटाउन बैंक एनआईसी एशिया रहेको छ । बैंकले कात्तिकको तुलनामा ०.७५ प्रतिशतले ब्याजदर घटाएको हो। मंसिर महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा एनआईसी एशियाले अधिकतममा ५.७५ प्रतिशतका दरले ब्याज दिने भएको छ । बैंकले संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर भने घटाएको छ । व्यक्तिगत मुद्दती निक्षेपमा मंसिर महिनामा सबैभन्दा बढी ब्याज ग्लोबल आइएमई बैंकले अधिकतममा ६ प्रतिशतसम्म ब्याज दिनेछ । यस्तै, सबैभन्दा कम ब्याज भने स्ट्याण्डर्ड चार्टर्ड बैंकले अधिकतममा ४।७ प्रतिशत ब्याज दिने भएको छ ।

व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औषत ब्याजदर, कात्तिक महिनाको तुलनामा मंसिर महिनामा ०.१६ प्रतिशतले घटेको छ । कात्तिकमा बैंकहरुले औसतमा ५.२० प्रतिशतका दरले ब्याज दिएकोमा मंसिरमा भने  ५.०४ प्रतिशतमा झरेको छ । त्यस्तै, संस्थागत मुद्दती निक्षेपको ब्याजदर भने समीक्षा अवधिमा ०.०७ प्रतिशतका दरले घटाएका छन् ।

 

mediabaaji add

सम्बन्धित खबर

विश्व बैंकले नेपालको डिजिटल रूपान्तरणका लागि ५० मिलियन डलर दिने

काठमाडौँ । विश्व बैंकले नेपालको डिजिटल रूपान्तरणका लागि ५० मिलियन डलर दिने भएको छ । हालै वासिङ्टनमा बसेको विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले ‘नेपाल डिजिटल ट्रान्सफर्मेसन प्रोजेक्ट’ अन्तर्गत उक्त सहयोग नेपाललाई दिन...

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ, ग्याँस र पेट्रोलको मूल्य यथावत्

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूंल्य समायोजन गरेको छ । इन्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको नयाँ भाउ पठाएपछि नेपाल आयल निगमले समायोजन गरेको हो । सोअनुसार पेट्रोलमा प्रतिलिटर ०.१२ रुपैयाँ, डिजे...

नेपाल बीमा प्राधिकरणको अध्यक्ष चुन्न सरकारलाई सकस

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको अध्यक्ष चुन्न यतिबेला सरकारलाई नै सकस परेको छ। हाम्रोलाई भन्दा राम्रोलाई सरकारी नेत्तृव तहमा राख्ने बालेन सरकारको निर्णयले साथकर्ता पाउन मुस्किल नै बनेको छ । धितोपत्र बोर्डको अध्यक्ष चयनमा आवेदन पछि लामो समयसम्म छ...

नेप्सेमा दोहोरो अंकको गिरावट, १० अर्ब ७७ करोडमा झर्‍यो कारोबार

काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २६.०५ अंकले घटेर २६७२.३९ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२४ कम्पनीको २ करोड ६७ लाख ६६ हजार ३४७ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ७७ करोड ३९ लाखको सेयर कारोबार भएको छ । आज  ४२ कम्पनीको...

सर्लाहीमा आन्दोलित उखु किसान र उद्योगीबीच ४ बुँदे सहमति, एक महिना भित्र भुक्तानी पाउने

सर्लाही । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगमा बिक्री गरेको उखुको बक्यौता माग गर्दै धर्नामा बसेका किसान र उद्योग पक्षबीच चार बुँदे सहमति भएको छ । प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको पहलमा जिल्ला प्रशासन कार्...

पुनर्निर्माण कोषमा १० हजार भन्दा बढी योगदान गर्नेलाई प्रमाणपत्र

काठमाडौँ । सरकारले २३ र २४ भदौको जेनजी आन्दोलनका क्रममा भएको क्षतिको पुनर्निर्माणका लागि स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १० हजार भन्दा बढी योगदान गर्नेलाई प्रमाणपत्र दिने भएको छ । अर्थ मन्त्रालयले एक सूचना प्रकाशित गर्दै यसरी योगद...