शनिबार, ०२ साउन २०८३
नेपाली

भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागू

Main News Image

काठमाडौँ । सरकारले भूकम्प प्रतिरोधी भवन निर्माणका लागि राष्ट्रिय भवन संहिता कोडलाई परिमार्जन गरी लागू गरेको छ । पुरानो कोडमा रहेका प्रावधान अव्यावहारिक र अन्तर्राष्ट्रिय मानकसँग मेल नखाने, डिजाइन गणनामा जटिलता र निर्माणमा अनावश्यक खर्च बढाउने जस्ता व्यवस्थालाई परिमार्जन गरिएको छ । परिमार्जित राष्ट्रिय भवन संहितालाई बिहीबार राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याइएको छ । नयाँ कोडले भवन मात्र नभएर जलविद्युत आयोजनाका बाँध, विद्युतगृह, सुरुङजस्ता भूमिगत संरचना निर्माणका लागि मार्गदर्शन प्रदान गर्नेछ ।

शहरी विकास मन्त्री कुलमान घिसिङले यो परिमार्जित कोड देशको सुरक्षित भविष्य निर्माणका लागि कोशेढुङ्गा रहेको बताए । मन्त्री घिसिङले नयाँ कोड अनुसार बनाइएका भवनबाट आगामी दिनमा आउनसक्ने भूकम्पबाट हुने ज्यान र सम्पत्तिको हानिलाई न्यून बनाउने विश्वास व्यक्त गरे । स्थानीय तह, इन्जिनियर र आम नागरिकलाई नयाँ भवन निर्माणमा कोडलाई काडाइकासाथ लागू गर्न आह्वान उनले आग्रह गरे ।

mediabaaji add

सम्बन्धित खबर

मिथिला माध्यमिकी परिक्रमा आजदेखि सुरु

काठमाडौँ । महाशिवरात्रि सम्पन्न भएसँगै मिथिला माध्यमिकी परिक्रमा आजदेखि सुरु भएको छ । १५ दिने धार्मिक यात्रासँगै महोत्तरीमा यात्रीको स्वागत र व्यवस्थापनको तयारी गरिएको छ । यात्री बिहीबार मटिहानीबाट महोत्तरी प्रवेश गर्नेछन् ।

यात्राक चौथो दिन...

प्रतिनिधिसभा निर्वाचनमा तीन दिन सार्वजनिक बिदा !

काठमाडौँ । सरकारले  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा देशभर तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू बुधबार सार्वजनिक ग...

एकैदिन मुस्ताङ भित्रिए सात हजार पर्यटक

मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा एकैदिन छ हजार ८५९ पर्यटक भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार तिहारको भाइटीका सकिएको पहिलो दिन राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै उक्त सङ्ख्यामा...

नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक शुक्रबार

काठमाण्डौँ । नेपाल पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक शुक्रबार लिस्बनमा हुँदैछ । बैठकमा दुवै पक्षले साझा चासोका विषयका साथै क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा सहकार्यसहित नेपाल पोर्चुगल सम्बन्धको समग्र अवस्थाको समीक्षा हुनेछ । बैठकको...

मौसम पूर्वानुमान : आज देशभर वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र...

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ । लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गए राति मस्र्याङ्दी गाउँपालिका ३ खुदिबाट सोही पालिका ६ नाइचेमा हिडिखोला हाइड्रोपावरको लागि सिमेन्ट लिएर जाँदै गरेको बा ८ च ३७३१ नम्बरको बोलेरो जिप दुर्घटना ह...