शुक्रबार, ०१ साउन २०८३
नेपाली

साताभर १२.७८ अंकले बढ्यो नेप्से, कुन दिनको कारोबार कति ?

Main News Image

काठमाडौँ । यस साता नेप्से परिसूचक १२.७८ अंकले बढेर २६५४.९३ विन्दुमा आईपुगेको छ। गत साता २६४२.१५ विन्दुमा बन्द भएको नेप्से यो साता १२.७८ अंक बढेर २२६५४.९३ विन्दुमा पुगेको हो । यस साता पाँचै कारोबार दिन बजार खुलेको थियो। जसमा चार कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन मात्र नेप्से घटेको थियो ।

यस साता औसतमा ५ अर्ब १२ करोड ५ लाख रुपैयाँको कारोबार भएको छ । आइतबार ६ अर्ब ६९ करोड ९७ लाखको सेयर कारोबार भएकोमा सोमबार ५ अर्ब १३ करोड ८६ लाखको र मंगलबार ५ अर्ब १३ करोड ८६ लाखको सेयर कारोबार भयो । यस्तै, बुधबार ४ अर्ब ४५ करोड ११ लाखको र ४ अर्ब १७ करोड ४६ लाखको सेयर कारोबार भएको थियो । 

साताको पहिलो कारोबार दिन नेप्से २७.५९ अंकले घटेर २६१४.५५ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२४ कम्पनीको १ करोड ५९ लाख ८९ हजार ४३० कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६९ करोड ९७ लाख रुपैयाँ माथिको कारोबार भएको थियो । 

साताको दोस्रो कारोबार दिन नेप्से २.४१ अंकले बढेर २६१६.९७ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२९ कम्पनीको १ करोड २६ लाख २१ हजार १८८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १३ करोड ८६ लाख रुपैयाँ माथिको कारोबार भएको थियो ।


mediabaaji add

सम्बन्धित खबर

अबदेखि वायुसेवा निगमको जहाज डाइभर्ट हुँदा भैरहवा अवतरण गर्ने

काठमाडौँ । नेपाल वायुसेवा निगमका जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न कारणले अवतरण हुन नसकेको अवस्थामा अब गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्ने भएको छ । हाल भारतको विमानस्थललाई आधार गरी डाइभर्ट...

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ । 

यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ...

डेडिकेटेड ट्रंक लाइन बक्यौता विवादः प्राधिकरणले दिएको समय आज सकिँदै

काठमाडौँ । डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम बुझाउन नेपाल विद्युत प्राधिकरणले दिएको पछिल्लो समय आज सकिँदै छ। उद्योगीहरुलाई प्राधिकरणले दिएको किस्ताबन्दी सुविधा अनुसार आज बेलुका सम्म पनि किस्ता बुझाउन नगए प्राधिकरणले...

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३४ पैसा तोकिएको छ ।

डलर र कुवेती दिनार बलियो बन्दा अरू मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५४ रुपैयाँ २३ पैसा तोकिएको छ ।

यस्तै युरोपियन युरो एकको खरिददर १...

शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ...