नेप्सेमा १०.२५ अंकको गिरावट, ११ अर्ब ६५ करोड माथिको कारोबार
काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १०.२५ अंकले घटेर २६९७.०७ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३० कम्पनीको २ करोड ६२ लाख ३६ हजार २०४ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ६५ करोड ९७ लाखको सेयर कारोबार भएको छ । आज ८५ कम्पनीको सेयर मूल्य बढ्दा १६८ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज सुपर मादी हाइड्रोपावरको सर्वाधिक ५६ करोड ३ लाख रुपैयाँ माथिको कारोबार भएको छ । दोस्रोमा अंखु खोला जलविद्युतको ५१ करोड ४९ लाख रुपैयाँ र तेस्रोमा रिडी पावरको ४७ करोड ७४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन सुपरमाई हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, रिदी पावरका लगानीकर्ताले ९.९८ प्रतिशत र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
नेप्सेमा २७.१९ अंकको वृद्धि, ११ अर्ब ५८ करोड माथिको कारोबार
काठमाडौँ । साताको पाँचौ कारोबार दिन नेप्से परिसूचक २७.१९ अंकले बढेर २७०८.७० को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२६ कम्पनीको ३ करोड ५५ लाख ७४ हजार ६२७ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ५८ करोड २८ लाखको सेयर कारोबार भएको छ । आज २०१ कम्पनीको सेयर म...
आकासियो सुनको मूल्य, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा दुई हजार ४०० रुपैयाँले उकालो लागेर हालसम्मकै उच्च बन्न पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख तीन हजार ८०० रुपैयाँ पुगेको हो ।
आइतबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ६५ प...
नेशनल लाईफको “रेजिङ द बार, रिडिफाइनिङ सक्सेस” : व्यवसाय विस्तारसंगै उत्कृष्ट शाखा र कर्मचारी सम्मानित
गोरखा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चारदिने सम्मेलन ब्रान्च मेनेजर्स कन्फरेन्स गोरखाको मनकामनास्थित होटल मनकामना हिलक्रेष्ट रिसोर्टमा सम्पन्न गरेको छ । ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ नाराका साथ आयोजना गरिएको सम्मेलनमा कम्पनीको व्यवस...
साताभर ३५.०५ अंकले बढ्यो नेप्से, कुन दिनको कारोबार कति ?
काठमाडौँ । यस साता नेप्से परिसूचक ३५.०५ अंकले बढेर २६२०.९२ विन्दुमा आईपुगेको छ। गत साता २५८५.८७ विन्दुमा बन्द भएको नेप्से यो साता ३५.०५ अंक बढेर २६२०.९२ विन्दुमा पुगेको हो । यस साता चार कारोबार दिन बजार खुलेको थियो। जसमा दुई कारोबार दिन नेप्से घटे...
विनिमय दर : डलर, युरो र पाउन्डको मूल्य बढ्यो, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७८...



