सोमबार, २५ साउन २०८३
नेपाली

आठ अङ्कले घट्यो नेप्से, दुई अर्ब ८३ करोडभन्दा बढीको कारोबार

Main News Image

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आठ दशमलव ५० अङ्कले ओरालो लागेर दुई हजार ६५१ दशमलव ५२ मा सीमित भएको हो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ६४ अङ्कले ओरालो लागेर ४५८ दशमलव २३ मा सीमित भएको छ । कूल तीन सय ३८ कम्पनीको ६४ लाख ८० हजार ५९९ कित्ता शेयर दुई अर्ब ८३ करोड ८२ लाख ७९ हजार ४११ मूल्यमा खरिद बिक्री भएको नेप्सेले जनाएको छ ।

कारोबारका आधारमा सोापान फर्मासिटिकल्स शीर्ष स्थानमा छ । त्यस्तै, रिलायन्स स्पिनिङ मिल्स, सप्तकोशी डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत् कम्पनी र नेपाल एसबिआई बैंक शीर्ष पाँचभित्र परेका छन् ।

नेप्सेका अनुसार, टक्सार पिलुवा खोला हाइड्रोपावर, याम्बालिङ हाइड्रोपावर, कालिका लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंक, रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले आज कमाएका छन् । भुजुङ हाइड्रोपावर, सिवाइसी नेपाल लघुवित्त, भगवती हाइड्रोपावर, सानिमा डिवेञ्चर र थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले आज गुमाएका छन् ।


mediabaaji add

सम्बन्धित खबर

सुनको मूल्यमा उच्च वृद्धि, शुक्रबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा पाँच हजार ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यता, चाँदीको मूल्य तोलामा १९० रुपैयाँले...

बिहीबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ...

बढ्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ८०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । प्रति १० ग्राम छापावाल सुनको मूल्य दुई लाख ४३ हजार...

किवी बिक्री नभएपछि जुस उत्पादन

बागलुङ । ताराखोला गाउँपालिकाका महिलाले किवीको जुस उत्पादन गर्न थालेका छन् । महँगो मूल्यमा बिक्री हुने आसमा पाँच वर्ष अगाडि महिलाहरूले गाउँका बारीभरि किवी लगाए पनि अहिले बजार पाउन नसक्दा जुस बनाउन थालेका हुन् । उत्पादन बढी भए पनि बजार अभावमा लाखौँक...

साउनदेखि नागढुंगा-सिस्नेखोला सुरुङमार्ग व्यावसायिक रूपमा सञ्चालन हुने

काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्गका रूपमा रहेको नागढुंगा सिस्नेखोला सुरुङमार्ग आगामी साउनको दोस्रो सातादेखि पूर्ण रूपमा व्यावसायिक सञ्चालनमा ल्याउने तयारी गरिएको छ । आयोजनाको हालको प्रगति र सञ्चालन कार्ययोजनाबारे जानकारी दिँदै आयो...

दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट

काठमाण्डौँ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बाँदर धपाउनका लागि बजेट विनियोजन गरेको छ । बाँदरको आतङ्कबाट पीडित किसानलाई राहत दिलाउन नगरपालिकाले १५औँ नगरसभाबाट हरेक वडा तथा टोलमा ‘बाली हेरालु’ राख्नका लागि बजेट विनियोजन गरेको हो ।

नगर उप...