आइतबार, ०६ वैशाख २०८३
नेपाली

सामान्य अंकले घटेर बन्द भयो नेप्से, ४ अर्ब ६८ करोडको कारोबार

Main News Image

काठमाडौँ । साताको पाचौं अर्थात् अन्तिम कारोबार दिन नेप्से परिसूचक ०.९३ अंकले घटेर २५६०.१५ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२८ कम्पनीको १ करोड ४ लाख ४९ हजार ४९६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६८ करोडको सेयर कारोबार भएको छ । आज ११२ कम्पनीको सेयर मूल्य बढ्दा १३८ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ । 

आज सहास उर्जाको सर्वाधिक ४१ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा सप्तकोशी डेभलपमेन्ट बैंकको १६ करोड ९३ लाख रुपैयाँ र तेस्रोमा नेपाल रिको १२ करोड ६९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन धौलागिरी लघुवित्त, बन्दीपुर केबलकार र झापा इनर्जीका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, सागर डिष्टीलरीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । बुंगल हाइड्रोका लगानीकर्ताले आज सर्वाधिक ९.०५ प्रतिशतका दरले गुमाएका छन् ।

 

mediabaaji add

सम्बन्धित खबर

बैंकिङ प्रणालीमा अधिक तरलता, आज ५० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज माघ २८ गते फेरि ५० अर्ब रुपैयाँ तान्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट उक्त पैसा तान्ने भएको हो । 

यसका लागि आज...