विदेशमा रहेका नेपालीले तीन महिनामा पाँच खर्ब ५३ अर्ब पठाए, विप्रेषणमा ३५.४ प्रतिशतको वृद्धि
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिना साउन असोजमा विप्रेषण रेमिट्यान्स आप्रवाहमा ३५ दशमलव चार प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार सो अवधिमा रु पाँच खर्ब ५३ अर्ब ३१ करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ११ दशमलव नौ प्रतिशतले वृद्धि भई रु चार खर्ब आठ अर्ब ७७ करोड रहेको थियो ।
चालु आवको पहिलो महिना साउनमा विप्रेषण आप्रवाह २९ दशमलव नौ प्रतिशतले वृद्धि भई रु एक खर्ब ७७ अर्ब ४१ करोड बराबर पुगेको थियो। यस्तै, भदौ महिनामा विप्रेषण आप्रवाह ३३ दशमलव एक प्रतिशतले वृद्धि भई रु तीन खर्ब ५२ अर्ब आठ करोड पुगेको थियो। चालु आवको पहिलो त्रैमासमा चालु खाता रु दुई खर्ब ३७ अर्ब ५९ करोड र शोधनान्तर रु दुई खर्ब ६४ अर्ब तीन करोडले बचतमा रहेको छ। अघिल्लो आवको सोही अवधिमा चालु खाता रु एक खर्ब १५ अर्ब ३६ करोड र शोधनान्तर रु एक खर्ब ८४ अर्ब ९९ करोडले बचतमा थियो।
यसैगरी, चालु आवको पहिलो तीन महिनामा कूल वस्तु निर्यात ८९ दशमलव छ प्रतिशतले वृद्धि भई रु ७२ अर्ब ७८ करोड कायम भएको छ। सो अवधिमा वस्तु आयात १९ दशमलव आठ प्रतिशतले बृद्धि भई रु चार खर्ब ६८ अर्ब ०८ करोड कायम भएको छ। समीक्षा अवधिमा कूल वस्तु व्यापार घाटा १२ दशमलव दुई प्रतिशतले वृद्धि भई रु तीन खर्ब ९५ अर्ब ३० करोड पुगेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई
काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई दिएको छ । राष्ट्र बैंकले एक सुचना जारी गर्दै चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाइ एक हजार रुपैयाँ दरका नयाँ नो...
लगातार तेस्रो दिन घट्यो सुनको भाउ, आज प्रतितोला २ लाख ८८ हजार
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य लगातार तेस्रो दिन पनि घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला एक हजार ४ सय रुपैयाँले घटेर २ लाख ८८ हजार रुपैयाँ कायम भएको छ ।
सोमबार सुन प्रतितोला २ लाख ८९ हजार ४...
अमेरिकी डलर र युरोको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले तोकेको नयाँ दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०६ पैसा कायम भएको छ । पछिल्लो समय डलरको...
मंगलबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ३१ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ आठ पैसा र...
सोमबार विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो ए...
भारतको अवरोधपछि पूर्वका चिया उद्योग बन्द, ६० हजारको रोजगारी संकटमा
काठमाडौँ । भारतले नेपाली चिया निर्यातमा अघोषित रोक लगाएपछि इलाम र झापाका चिया उद्योगहरू बन्द हुन थालेका छन् । इलामका ५६ उद्योग यसअघि नै बन्द भइसकेका छन् भने बिहीबारदेखि झापाका ३० भन्दा बढी उद्योग र करिब दुई दर्जन चिया बगान पनि बन्द भएका छन् ।
<...



