नेपाली कम्युनिष्ट पार्टीद्वारा स्वच्छ, निष्पक्ष निर्वाचनका लागि आह्वान
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले वर्तमान राजनीतिक परिस्थिति र आसन्न निर्वाचनबारे आफ्नो धारणा सार्वजनिक गर्दै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरोकारवाला सबै पक्षलाई जिम्मेवार बन्न आह्वान गरेको छ ।
मंगलबार पत्रकार सम्मेलनमा पार्टीले देश जटिल र संवेदनशील अवस्थाबाट निर्णायक निर्वाचन प्रक्रियातर्फ अघि बढिरहेको उल्लेख गर्दै तोकिएको समयमै निर्वाचन हुनुपर्ने आफ्नो अडान वस्तुगत परिस्थितिमा आधारित र सही सावित भएको दाबी गरेको छ। युवापुस्ताको आन्दोलनपछिको अवस्थालाई सामान्य बनाउन पार्टीले इमानदार र निरन्तर प्रयास गरिरहेको पनि जनाएको छ ।
पार्टीले आफ्नो संघर्षपूर्ण इतिहास, स्पष्ट विचार र भावी कार्ययोजनाका आधारमा जनविश्वास बढ्दै गएको दाबी गर्दै संविधान जारीपछिका शासकीय सुधार, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, सुशासन, सामाजिक न्याय, आत्मनिर्भर अर्थतन्त्र तथा रोजगारी सिर्जनालगायतका एजेन्डा आफूहरूले निरन्तर उठाउँदै आएको उल्लेख गरेको छ ।
पत्रकार सम्मेलनमा देशले दुई प्रकारका अतिवादको चुनौती सामना गरिरहेको टिप्पणी गरिएको छ। एकातर्फ कुशासनको संरक्षण गर्दै शान्तिपूर्ण आन्दोलन दमन गर्ने प्रवृत्ति र अर्कोतर्फ लोकतन्त्रका आधारस्तम्भमाथि आक्रमण गर्ने गतिविधि दुवै लोकतन्त्र र राष्ट्रिय स्थायित्वका लागि हानिकारक रहेको पार्टीको धारणा छ ।
एक्सप्रेस
सम्बन्धित खबर
पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि आज विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र...
रवि भन्छन्- घण्टी बजाउने कि लौरो टेक्ने, समयले बताउने छ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन शाहबीचको छलफल सकिएको छ । ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा उनीहरूबीच आज लामो छलफल भएको थियो ।
छलफल सकेर बाहिर निस्किएका रास्वपा...
सरकारलाई नैनसिंह महरको प्रश्न_तपाईंहरू चुनाव गर्न नसके के गर्न सक्नुहुन्छरु
डडेलधुरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेपाली राजनीतिक क्षेत्रमा आपत्कालीन समयमा भएको सम्झौता सरकारसँगै सबै पक्षबाट इमानदारितापूर्वक कार्यान्वयन हुनुपर्ने बताएका छन्। नेपाली...
राष्ट्रिय सभाको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुँदै
काठमाडौँ । राष्ट्रिय सभाको चालु अधिवेशन आज राति १२:०० बजेदेखि लागू हुने गरी अन्त्य हुँदैछ । मन्त्रिपरिषद्को माघ २६ गतेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा ३ बमोजिम अधिवेशन अन्त्य गरेका हुन् ।
राष्ट्रियसभाका अ...
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
काठमाडौँ । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईंटेललाई ५ मतले पछि पारेका हुन् ।
दमकमा ‘राष्ट्रिय परिवर्तन पार्टी’को औपचारिक घोषण गरिँदै
काठमाडौँ । जेनजी आन्दोलनका घाइते, शहीद परिवार र युवा पुस्ता मिलेर निर्माण भएको ‘राष्ट्रिय परिवर्तन पार्टी’को आज औपचारिक घोषण सभा गरिँदैछ । घोषणा सभा दमकको आदिवासी रङ्गशालामा हुन लागेको राष्ट्रिय परिवर्तन पा...


