शनिबार, १३ भदौ २०८३
नेपाली

इरानमा पक्राउ परेका नेपाली अमृत झा सकुशल

Main News Image

काठमाडौँ । परराष्ट्र मन्त्रालयले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा सकुशल रहेको जनाएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले झालाई हाल इरानको कारागारमा राखेर मुद्दा चलिरहेको जानकारी दिए । उनका अनुसार झा मध्यपूर्वमा तनाव सुरु हुनुभन्दा पहिले नै पक्राउ परेका हुन् ।

‘सम्बन्धित अदालतबाट निर्णय हुन बाँकी छ, सजायबारे अहिले केही भन्न सक्ने अवस्था छैन,’ क्षेत्रीले भने, ‘परराष्ट्र मन्त्रालयले थप जानकारी लिने प्रयास गरिरहेको छ । एकजना वकिलले भेटिसक्नु भएको छ र उहाँ सुरक्षित हुनुहुन्छ ।’ यसैबीच, इजरायल–अमेरिका र इरानबीच जारी द्वन्द्वका कारण मध्यपूर्वका विभिन्न स्थानमा मृत्यु भएका ३८ नेपाली नागरिकको शव स्वदेश ल्याउन ढिलाइ भएको मन्त्रालयले जनाएको छ ।


mediabaaji add

सम्बन्धित खबर

वैशाख १ गते मात्र फुल्ने फूलबारीमा बिहानैदेखि घुइँचो

काठमाडौँ । सिराहाको प्रसिद्ध ऐतिहासिक तथा धार्मिक स्थल सलहेश फूलबारीमा आज नयाँ वर्ष २०८३ को अवसरमा भव्य मेला लागेको छ । हरेक वर्ष वैशाख १ गते मात्र फुल्ने विश्वास गरिने दुर्लभ सुनाखरी फूलको दर्शन गर्न र पूजाअर्चना गर्न आज बिहानैदेखि श्रद्धालुहरूको...

भारतको मजदुरी छोडेर साइकलमा दुध संकलन गर्न थाले, अहिले ९० लाखको सम्पत्ति जोडे

कञ्चनपुर । भारतमा मजदुरी गरेर परिवारको जोहो गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १२ का शिवचरण राना अहिले आफ्नै गाउँमा दूध बिक्रीबाट मनग्य आम्दानी गरिरहेका छन् । मजदुरी गर्दा अनेक दुःख भोगेका राना गाउँमा नै केही...

चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि

काठमाडौँ । दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित पहिरो प्रभावित क्षेत्रको थ्रिडी इमेज तयार पारिएको छ । चीनले सिजाङ अर्थात तिब्बतमा पहिरो गएका क्षेत्रहरूको त्रि–आयामिक अर्थात थ्रिडी तस्बिर सार्वजनिक गरेको हो ।

चिनियाँ अधिकारीहरुले क...

अबदेखि म्यानपावरले विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नुपर्ने

काठमाडौँ । म्यानपावर व्यवसायीहरूले अबदेखि आफुले वैदेशिक रोजगारीमा पठाएका श्रमिकहरूको नियमित अनुगमन गर्नुपर्ने भएको छ । आफूले पठाएका श्रमिकहरूको नियमित अनुगमन गर्नुपर्ने तथा रोजगारी सम्झौताअनुसार सेवा–सुविधा प्राप्त भएरनभएको सुनिश्चित गर्नुपर्ने भए...

बञ्चरेडाँडाको अवरोध हटेपछि कुलमानले दिए धन्यवाद

काठमाडौँ । काठमाडौं उपत्यकाको फोहर विसर्जनस्थल बञ्चरेडाँडामा स्थानीयले गर्दै आएको अवरोध हटेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले खुसी व्यक्त गरेका छन् । बिहीबार सिंहदरबारमा भएको सरकार र बञ्चरेडाँडाका स्था...

पशुपति आएका साधुहरूले फर्किने बेला २१ थरी उपहार पाउने, राष्ट्रपतिले गरे संकल्प

काठमाडौँ । रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसर पारेर पशुपतिनाथ मन्दिर दर्शनका लागि आएका साधुसन्तलाई प्रदान गरिने सामग्रीको औपचारिक संकल्प गरेका छन् । हरेक वर्ष फाल्गुन कृष्ण त्रयोदशीमा मनाइने महाशिवरात्रि अघि एकादशीको बिहान राष्ट्राध्यक्षबाट साध...