शनिबार, ०२ साउन २०८३
नेपाली

नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै

Main News Image

काठमाडौँ । नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ इ सं ८८० मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुवात् गराएका थिए । नेपाल सम्वत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरको भनाइ छ । 

“लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल सम्वत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक सम्वत्का रुपमा चलेको थियो, लिच्छविकालअघि शक सम्वत प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक सम्वत् हो”, उनले भने । विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल सम्वत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो । नेपाल सम्वत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले विशेषरुपमा मनाउने गरिन्छ ।

गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक सम्वत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साःख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए ।  विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्वत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए  । कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने परम्परा समेत काठमाडौँमा अझै छ ।

 

mediabaaji add

सम्बन्धित खबर

एफएटिएफ समीक्षाः सम्पत्ति शुद्धीकरण मामलामा नेपाल अझै ‘ग्रे लिस्ट’मा

काठमाडौँ । सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तरराष्ट्रिय निकाय ‘वित्तीय कारवाही कार्यदल’ फाइनान्सियल एक्सन टास्कफोर्स–एफएटिएफले नेपाल अझै निगरानी सूची अर्थात् ‘ग्रे लिस्ट’ मा रह...

उपभोक्ता अदालत महिनौँदेखि नेतृत्वविहीन, उपभोक्ता मर्कामा

काठमाडौँ । आम उपभोक्तालाई न्याय दिने उद्देश्यले गएको चैतमा स्थापना गरिएको उपभोक्ता अदालत छ महिनादेखि नेतृत्वविहीन छ । अदालतको नेतृत्व नै नरहँदा न्याय सम्पादन प्रभावित भएको छ ।

बजार भाउ नियन्त्रण गर्ने, उपभोक्ता ठगी रोक्न र अन्यायमा परेका उपभ...

बञ्चरेडाँडाका स्थानियसँग जनाइएका प्रतिबद्धता कार्यान्वयन गर्दै सरकार, फोहोर व्यवस्थापनमा अवरोध नगर्न मन्त्री घिसिङको आग्रह

काठमाडौँ । सरकारले काठमाडौं उपत्यकाको फोहोर बिजर्सन गर्न बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटका प्रभावित स्थानीय बासिन्दासँग जनाएका प्रतिबद्धता कार्यान्वयन गर्ने  भएको छ । केहि समय अघि बञ्चरेडाँडाका स्थानिय वासिन्दाहरुले...

काठमाडौँ महानगरमा वैशाख १५ देखि शैक्षिक सत्र ०८३ शुरू हुने

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्र २०८३ को पठनपाठन तथा सम्पूर्ण शैक्षिक गतिविधि वैशाख १५ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । महानगरपालिकाको शिक्षा विभागले वैशाख १० गते एक सूचना जारी गर्दै महानगरभित्रका सबै विद्यालयलाई उ...

त्रिविको जग्गा अतिक्रमणमा अख्तियारले थाल्यो छानबिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय त्रिविको नाममा रहेको हजारौँ रोपनी जग्गा हिनामिना र अतिक्रमणको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औपचारिक छानबिन थालेको छ । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार शिक्षा म...

शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउँदै, देशभर सार्वजनिक बिदा

काठमाडौँ । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् । शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा मनाउँछन् । पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाट...