नेपाल टी-२० विश्वकपमा छनोट
काठमाडौँ । नेपालले अर्को वर्ष भारत र श्रीलंकामा आयोजना हुने टी–२० आइसिसी विश्वकप, २०२६ का लागि छनोट भएको छ । ओमानमा जारी एसिया एण्ड इएपी छनोटमा शीर्ष तीनमा परेसँगै नेपाल विश्वकपका लागि छनोट भएको हो ।
जारी प्रतियोगिताको ‘सुपर सिक्स’मा आज युएईले सोमाओलाई ७७ रनले पराजित गरेसँगै नेपालले विश्वकपमा स्थान सुरक्षित गरेको हो । यससँगै नेपालले लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक विश्वकपमा पुग्न सफल भएको हो। यसअघि नेपालले सन् २०१४ र २०२४ को विश्वकप खेलेको थियो ।
गणितीय समीकरण अनुसार यदि सामोआले युएईलाई हराएको भए विश्वकपमा पुग्न नेपाललाई थप दुई अंकको आवश्यक पर्दथ्यो। तर खेल युएईले जित निकालेसँगै नेपालको विश्वकप यात्रा सहज बनेको हो ।
साथै ओमानले पनि विश्वकपमा स्थान पक्का गरेको छ । आजै सम्पन्न अर्को खेलमा कतारले जापानलाई तीन विकेटले हराएसँगै ओमान पनि विश्वकपमा पुगेको हो । नेपाल र ओमानले हाल तीन खेलबाट ६ अंक जोडेका छन् । युएईको चार अंक रहँदा जापान र कतारको समान दुई अंक छ । अब अन्तिम खेलमा युएईले जापानको सामना गर्दैछ । उक्त खेलपछि विश्वकपमा पुग्ने तेस्रो टोलीको टुङ्गो लगाउने छ ।
एक्सप्रेस
सम्बन्धित खबर
विश्वकप छनोट : आज ओमानविरुद्ध भिड्दै नेपाल
ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत सुपर सिक्सको तेस्रो खेलमा...
जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश
काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा आज भएको खेलमा जर्मनीलाई २–१ को गोल अन्तरले पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश गरेको हो ।
खेलमा...
टी-२० विश्वकप छनोट : उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दै
काठमाडौँ । टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दैछ । शुक्रबार ओमानमा जारी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि अपराह्न सवा ४ बजे नेपाल र सामोआबीच खेल हुन लागेको हो । दुवै टिमले प्रत...
एनपिएलमा जनकपुरको पहिलो जित
काठमाडौँ । दोस्रो नेपाल प्रिमियर लिग एनपिएलमा जनकपुर बोल्ट्सले पहिलो जित दर्ता गरेको छ । मंगलबार चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै जनकपुरले जारी सिजन पहिलो जितको स्वाद चाखेको हो । यस जितसँगै जनकपुरले अंक तालिकामा...
आइसिसी वुमन्स टी-२० विश्वकप : नेपाल लगातार दोस्रो खेलमा पराजित
काठमाडौँ । आइसिसी वुमन्स टी-२० विश्वकप विश्व छनोटमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपाललाई नेदरल्यान्ड्सले २ रनको झिनो अन्तरले पराजित गरेको हो।
खेलकुदमन्त्री बब्लु गुप्ता अमेरिका भ्रमण सकेर राजीनामा दिने मुडमा
काठमाडौँ । खेलकुदमन्त्री बलु गुप्ताले अमेरिका भ्रमण सकेर राजीनामा दिने भएका छन् । राजनीतिमा होमिने गरेका मन्त्री गुप्ता अमेरिकाबाट फर्केपछि राजीनामा दिने मुड बनाएका उनीनिकट स्रोतले जनाएको छ ।
मन्त्रिपरिषद् बैठकले अमेरिका भ्रमण स्वीकृत गरिसके...



