बिहिबार, ३२ असार २०८३
नेपाली

नेपालले भारतलाई ९२ रनले हरायो

Main News Image

काठमाडौँ । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेस प्रतियोगिताअन्तर्गत आज नेपालले भारतलाई ९२ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा यो नेपालको पहिलो जित हो । जितका लागि नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत तीन ओभरमा अलआउट हुँदै ४५ रनमा समेटियो । उसका लागि भरत चिप्ली र प्रियांक पञ्चालले १२र१२ रन बनाए भने रोविन उथप्पाले पाँच तथा दिनेश कार्तिक र सहबाज नदिमले समान सातरसात रन बनाए ।

नेपालका लागि रसिद खानले तीन विकेट लिए भने रुपेश सिंह र बसिर अहमदले समान दुई÷दुई विकेट लिए ।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित छओभरमा कुनै पनि विकेट नगुमाइ १३७ रन बनाएको थियो । नेपालका लागि रसिद खानले ५५ रनको योगदान दिए भने सन्दीप जोराले ४७ र लोकश बमले ३१ रन बनाए ।

यसअघि आजै भएको समूह चरणको खेलमा नेपाल दक्षिण अफ्रिकासँग चार विकेट र श्रीलङ्कासँग तीन विकेटले पराजित भएको थियो । साथै हिजो भएको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो । रासस

mediabaaji add

सम्बन्धित खबर

स्थगित विश्वकप लिग–२ का खेल वैशाख १२ देखि काठमाडौंमा हुने

काठमाडौँ । नेपालमा हुने तय भएर स्थगित भएको आईसीसी विश्वकप लिग–२ अन्तर्गतका खेल आगामी वैशाख १२ देखि २२ गते अप्रिल २५ देखि मे ५ सम्म काठमाडौंमा सञ्चालन हुने भएका छन् । त्यसलगत्तै वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म अर्को शृङ्खला पनि आयोजना गरिने तालिका स...

सान्त्वना जितको लक्ष्यमा नेपाल, स्कटल्यान्डको सामना गर्दै

काठमाडौँ । भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी-२० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले आज स्कटल्यान्डको सामना गर्दैछ । समूह ‘सी’ अन्तर्गतको खेल मुम्बईस्थित वानखेडे रंगशालामा नेपाली समयअनुसार राति ७ : १५ मा सुरु हुनेछ ।

रोहित पौडेलको कप्ता...

विश्वकपअघि क्यानडासँग भिड्दै नेपाल, मुम्बईका सबै खेलका टिकट सोल्ड आउट

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको तयारीलाई अन्तिम रूप दिने क्रममा नेपाली क्रिकेट टोलीले आज क्यानडासँग आफ्नो अन्तिम अभ्यास खेल खेल्दैछ। अघिल्लो खेलमा यूएईलाई सात विकेटले पराजित गरेर उच्च मनोबलमा रहेको नेपाली टोली क्यान...

पाकिस्तानद्वारा टी-२० विश्वकपको खेल बहिष्कार

काठमाडौँ । पाकिस्तानले टी-२० विश्वकपको कम्तीमा एक खेल बहिष्कार गर्ने भएको छ । पाकिस्तान सरकारले आफ्नो क्रिकेट टोलीले टी-२० विश्वकपमा फेब्रुअरी १५ मा भारत विरुद्धको खेल बहिष्कार गर्ने घोषणा गरेको छ ।

आइसिसी टी-२० विश्वकप फेब्रुअरी ७ देखि भारत...

एनपीएलमा आज दुई खेल, प्लेअफका लागि पोखरा र चितवनलाई जित्नैपर्ने दबाब

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज दुई महत्त्वपूर्ण खेल हुँदैछन् । आजको पहिलो खेल ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खा...

विश्वकपअघि नेपालको दमदार सुरुवात, यूएई ७ विकेटले पराजित

काठमाडौँ । आईसीसी टी–२० विश्वकप २०२६ को तयारीमा रहेको नेपाली क्रिकेट टिमले पहिलो वार्म–अप खेलबाट दमदार सुरुवात गरेको छ । चिरपरिचित प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स यूएई विरुद्ध नेपालले ७ विकेटको शानदार जित निकालेको हो ।

सुरुवातमै तीन विके...