शनिबार, ०२ साउन २०८३
नेपाली

नेपाल कृषि सहकारी केन्द्रीय संघमा नयाँ नेतृत्व चयन अध्यक्षमा उप्रेती

Main News Image

काठमाण्डौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ लि को ५औँ अधिवेशनबाट एकराज उप्रेतीको नेतृत्वमा १५ सदस्य रहेको नयाँ कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा पूर्ण शर्मा महिला उपाध्यक्षमा मीना कुमारी ढकाल र सिचवमा चिरन्जिवी केसी निर्वाचित भएका छन् ।  

यस अघि १५ सदस्य सञ्चालक समितिका लागि ७ प्रदेशबाट एक एक जना निर्वाचित हुने व्यवस्था अनुसार वागमतीबाट एकराज उप्रेती, गण्डकीबाट कृष्ण वावु श्रेष्ठ, लुम्बिनीबाट पूर्ण शर्मा र सुदूरपश्चिमबाट धर्म कुँवर निर्विरोध निर्वाचित भएका थिए । यसैगरी प्रदेशको प्रतिनिधित्व अन्र्तगत कोशी, मधेस र कर्णालीमा निर्वाचन भएको थियो । कोशीबाट इन्दिरा निरौला ४५ मत सहित विजयी भए । कोशीमा उनका प्रतिद्धन्दी खगेन्द्रराज भण्डारीले ४१ मत प्राप्त गरे । यसैगरी मधेस प्रदेशमा मिश्रलाल सहनी ५६ मत सहित विजयी भए । मधेस प्रदेशका अन्य उम्मेदवार राम सोभित यादवले २०, दिपेन्द्र कुमार यादवले १२, राम चन्द्र यादवले ५ र शम्भु नाथ यादवले ३ मत प्राप्त गरेका थिए । 

यसैगरी कर्णाली प्रदेशमा २८ मतका साथ धर्मराज थापा निर्वाचित भए । उनका प्रतिद्धन्दी चाँदनी ढकालले २६ मत प्राप्त गर्नुभएको थियो । 

यसैगरी खुल्ला सञ्चालकमा चिरञ्जीवी के।सी। ३७७, सुखदेव न्यौपाने ३६२, हरी बहादुर बस्नेत ३३५, हरी बहादुर अधिकारी ३२५ मत प्राप्त गरि विजयी हुनुभयो । अन्य उम्मेद्धवार सुमन नेपाल २२१ र नारायण प्रसाद खनालले २४१ मतप्राप्त गर्नुभएको थियो ।  यसैगरी महिला सञ्चालकमा गीता केसी ४१५, मीना कुमारी ढकाल ४०१, देवकी कुमारी भण्डारी ३२३ र गोमा देवी आचार्य २५७ मत प्राप्त गरी विजयी हुनुभएको छ । यसैगरी उहाँका प्रस्प्रिर्धी झुपा पाण्डेले २१३, नयन कला खड्काले १२० र कमला कुमारी रिमालले १५६ मत प्राप्त गर्नुभयो ।  

४ वर्षे कार्याकालका लागि निर्वाचित १५ जना सञ्चालकलाई प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता पोषणराज लामिछानेले पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको थियो । केन्द्रीय संघको सञ्जालमा अहिले १ हजार १ सय ५१ सदस्य संस्था रहेका छन् । संघले ७७ जिल्लामा आफ्नो कार्य क्षेत्र विस्तार गरी ९ लाख घरपरिवारका सदस्य किसानहरुलाइ सेवा प्रवाह गर्दै आएको छ । 


mediabaaji add

सम्बन्धित खबर

सल्यान र सुर्खेतमा एक साताभित्र पाटेबाघको आक्रमणबाट तीनको मृत्यु

काठमाडौँ । पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका गरी तीन जनाको मत्यु भएको छ । गत पुस २३ गते सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ गेरवानी क्षेत्रमा ५७ वर्षीया गङ्गा सारुको पाटेबाघको आक्रमणबाट मृत्यु भएको थियो । गत पुस २६ गते सोही क्षेत्...

महान्यायाधिवक्ता भण्डारी निलम्बित !

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले महान्यायाधिवक्ता सबिता भण्डारी बराललाई आफ्नो संस्थाको सदस्यबाट निलम्बन गरेको छ । सार्वजनिक पदमा रहँदा विवादमा जोडिएपछि ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको कार्यसमितिले भण्डारी...

स्टाफ कलेजको कडा परीक्षा: ८९ डीएसपीमध्ये १६ मात्रै पास, एसएसपी बढुवाको ढोका साँघुरो

काठमाडौँ । नेपाल प्रहरीमा उपल्लो तहमा बढुवाका लागि अनिवार्य बनाइएको मास्टर्स अफ पुलिस साइन्स (एमपीएस) अन्तर्गतको स्टाफ कलेज प्रवेश परीक्षामा १६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) मात्र छनोट भएका छन्। यो एमपीएसका लागि छन...

आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौँ । संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै छ । संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रुपमा मनाउने घोषणा गरेको थियो। त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो। संयुक्त राष्ट्रसंघको महा...

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डको १८ किलोमिटर कालोपत्र

तनहुँ । पोखरा–मुग्लिन सडकको पश्चिम पोखरा–जामुने खण्डमा १८ किमी दुई लेन कालोपत्र सम्पन्न भएको छ । अठतिस किलोमिटर लामो यो सडक खण्डमा हालसम्म ३७ किलोमिटर एकतर्फी कालोपत्र भइसकेको छ । उक्त खण्डका इन्जिनियर सहनश...

प्रेस स्वतन्त्रता र व्यावसायिकताको सवाल : आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

काठमाडौँ । संसारभरका पत्रकार र सञ्चारकर्मीहरूको हकहित था प्रेस स्वतन्त्रताको रक्षाका निम्ति आज ‘विश्व प्रेस स्वतन्त्रता दिवस’ विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको आह्वानमा सन् १९९...