शनिबार, ०२ साउन २०८३
नेपाली

नेशनल लाईफले दियो कोशी प्रदेशका अभिकर्ताहरुलाई १ दिने तालिम

Main News Image

काठमाण्डौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कोशी प्रदेशमा रहेका विभिन्न शाखा कार्यालयहरुमा आवद्ध भई कार्य गर्दै आएका अभिकर्ता समूहलाई १ दिने तालिम प्रदान गरेको छ । प्रेरणा, प्रगति र पेशागत उत्कृष्टताको साथ प्रस्तुत गरेको मासिक योजना “मन्थन २०८२” अन्तर्गत तोकिएको बीमाशुल्क संकलन गरी छनौट भएका १२० जना अभिकर्ताहरुलाई ईलामको फिक्कल स्थित होटल एकोमा अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अल्फाज अहमदले बीमा क्षेत्र कै चर्चित उपाधि एमडिआरटिको लक्ष्य पूरा गर्ने उपायका बारेमा विभिन्न उदाहरण प्रस्तुत गर्दै तालिम प्रदान गरेका थिए ।

कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले अभिकर्ताहरुलाई आप्mनो पेशामा उत्कृष्टता हासिल गर्नका लागि कम्पनीले विभिन्न योजनाहरु मार्फत प्रशिक्षण प्रदान गर्दै आइरहेको परिप्रेक्षमा मासिक योजना मन्थन २०८२ जारी गरिएको बताउनु भयो । कोशी प्रदेशमा रहेका विभिन्न शाखामा रहि उत्कृष्ट कार्य गरी शाखा स्तरिय प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरुलाई पोलिसी सर्भिसिङ्ग विभाग प्रमुख सुस्मिता राणाले मायाको चिनो प्रदान गर्नुभएको थियो ।

सहाभागी अभिकर्ताहरुले आप्mनै क्षेत्रमा चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षकबाट तालिम लिने अवसर जुराई दिएकोमा कम्पनी प्रति हार्दिक आभार व्यक्त गरेका थिए भने सम्मानित हुने अभिकर्ताहरुले सम्मान प्राप्त गर्दा आफुले गरेको मेहेनत कदर भएको बताएका थिए ।


mediabaaji add

सम्बन्धित खबर

साताभर ३५.०५ अंकले बढ्यो नेप्से, कुन दिनको कारोबार कति ?

काठमाडौँ । यस साता नेप्से परिसूचक ३५.०५ अंकले बढेर २६२०.९२ विन्दुमा आईपुगेको छ। गत साता २५८५.८७ विन्दुमा बन्द भएको नेप्से यो साता ३५.०५ अंक बढेर २६२०.९२ विन्दुमा पुगेको हो । यस साता चार कारोबार दिन बजार खुलेको थियो। जसमा दुई कारोबार दिन नेप्से घटे...

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, चार अर्बको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १२ दशमलव ५० अंकले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा कायम भएको हो । आज ३३० कम्पनीको एक करोड १२ लाख ७२ हजार १६८ कित्ता शेयर ६...

काठमाडौं हिँडेका मिटरब्याजपीडित निजगढमै रोकिए, सहमति जुटाउने प्रयास जारी

बारा । मिटरब्याजविरुद्ध किसान, मजदुर आन्दोलन नेपालले जनकपुरधामको तिरहुतिया गाछीबाट सुरु गरेको तेस्रो चरणको पैदल मार्च आज आठौं दिनमा प्रवेश गरेको छ। काठमाडौंका लागि हिँडेका आन्दोलनकारीहरू यात्राको पाँचौँ दिन बाराको निजगढ आइपुगेपछि भने अगाडि बढेका छ...

सम्पत्ति सिर्जना र कानुनी सुधारमार्फत आर्थिक विकास तीव्र बनाउन निजी क्षेत्रको आग्रह

काठमाडौँ । नेपाल उद्योग परिसंघ सीएनआईका अध्यक्ष वीरेन्द्रराज पाण्डे ले मुलुकको आर्थिक प्रणालीमा देखिएको वर्तमान स्थिरताप्रति निजी क्षेत्र उत्साहित रहेको बताएका छन् । उनले यस्तो स्थायित्व विरलै प्राप्त हुने अवसर भएकाले यसलाई पुँजी निर्माण र उत्पादन...

नेप्सेमा ४.२८ अंकको गिरावट, ४ अर्ब ७१ करोडको कारोबार

काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ४.२८ अंकले घटेर २६४५.२४ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२५ कम्पनीको १ करोड ८ लाख ६० हजार ८२८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७१ करोड माथिको सेयर कारोबार भएको छ...

कर वक्यौता चुलिँदै : ९४ अर्ब ९५ करोड पुग्यो उठ्न बाँकी रकम

काठमाडौँ । पछिल्ला वर्षहरूमा नेपालमा उठ्न बाँकी कर वक्यौता चुलिन थालेको छ । आन्तरिक राजस्व विभागका अनुसार, आर्थिक वर्ष २०८१र०८२ को अन्त्यसम्ममा ब्याज, थप दस्तुर र विलम्ब शुल्कसहित उठ्न बाँकी त्यस्तो रकम ९४ अर्ब ९५ करोड...