नेशनल लाईफले दियो पोखरामा अभिकर्ताहरुलाइ १ दिने तालिम
काठमाण्डौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाइ १ दिने तालिम प्रदान गरेको छ । कम्पनीले जारी गरेको मासिक योजना मन्थन २०८२ मा तोकिएको ब्यबसाय गरि छनौट भएका गण्डकी प्रदेशका सबै शाखा कार्यालयहरु र लुम्बिनी तथा बागमती प्रदेशका केही शाखा कार्यलयहरुमा आबद्ध रही कार्य गर्ने १८५ जना अभिकर्ताहरुलाई पोखरा स्थित होटल मेजेष्टिक लेक फ्रन्टमा बीमा क्षेत्रका चर्चित प्रशिक्षक काजिम रजाले प्रशिक्षण प्रदान गर्नु भएको थियो ।
प्रशिक्षणको क्रममा वहाँले एमडीआरटी, सिओटी र टिओटीको लक्ष्य प्राप्त गर्नका लागि विभिन्न उपायहरु अबलम्बन गरि फरक तरिकाले बजारमा प्रस्तुत हुने कलाको बारेमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा कम्पनीका उप–प्रमुख कार्यकरी अधिकृत स्मृती राज कंडेलज्युले यस प्रकारको तालिमबाट अभिकर्ताहरुको मनोबल वृद्धि भै आफ्नो व्यावसायिक लक्ष्य हासिल गर्न मद्दत पुग्ने भएको हुँदा कम्पनीले अभिकर्ताहरुलाइ उत्कृष्ट तालिम दिने गरि प्रेरणा, प्रगती र पेशागत उत्कृष्टता भन्ने नारा सहित मासिक योजना मन्थन जारी गरिएको र यो योजनामा देशैभरबाट ७०० भन्दा बढी छनौट भएका सबै अभिकर्ताहरुलाई पायक पर्ने बिभिन्न स्थानहरुमा कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो साथै वहाँले शाखा स्तरिय प्रथम द्वितीय र तृतिय हुन सफल अभिकर्ताहरुलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा एजेन्सी बिभाग प्रमुख सुशिल प्रताप राणाले अभिकर्ताहरुलाई आजको तालिमबाट सिकेको ज्ञानलाई ब्यबहारमा उतारी प्रतिस्पर्धात्मक बजारमा आफुलाई अब्बल साबित गरेर देखाउनु हुनेछ भन्ने आपेक्षा रहेको बताउनु भयो । पोलिसी सर्भिसिङ बिभाग प्रमुख सुस्मिता राणाले धन्यबाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा सहभागी अभिकर्ताहरुले यस प्रकारको उत्कृष्ट तालिमबाट आफुहरुको मनोबल उच्च भएको हुँदा आगामी दिनहरुमा बिमा ब्यबसायमा अझ प्रगती गर्ने प्रेरणा मिलेको र सम्मान प्राप्त गर्दा आफ्नो मेहनतको कदर भएको बताएका थिए ।
एक्सप्रेस
सम्बन्धित खबर
अब नागरिकको तत्कालै मौखिक आदेशमा बैंक खाता रोक्का हुने
काठमाडौँ । अब नागरिकले बैैंक तथा वित्तिय अपराध भएमा तत्कालै मौखिक आदेश दिएमा खाता रोक्का हुने व्यवस्था लागू हुने भएको छ । जसको लागि राष्ट्र बैंकले २४ औं घण्टा सेवा प्रवाह गर्न बैंकहरुलाई आग्रह गरेका हो । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थ...
नेप्सेमा ४.९८ अंकको गिरावट, ३ अर्ब ७७ करोडको झर्यो कारोबार
काठमाडौँ । साताको चौथो कारोबार दिन नेप्से परिसूचक ४.९८ अंकले घटेर २५६१.०८ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३८ कम्पनीको ८३ लाख ८८ हजार ३७३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७७ करोडको सेयर कारोबार भएको छ । आज ७७ कम्प...
निर्माण क्षेत्रमा आपत्काल घोषणा गर्न माग
काठमाडौँ । निर्माण उद्योग परिषद्ले निर्माण क्षेत्रमा आपत्काल घोषणा गर्न माग गरेको छ । परिषद्ले जारी गरेको विज्ञप्तिमा, निर्माण सामग्रीको मूल्य अत्यधिक बढेसँगै उद्योग ठप्प हुने स्थितिमा पुगेको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ कि मध्यपूर्व युद्धका क...
वीरगञ्ज नाकाबाट चार महिनामा ५४ अर्ब १२ करोडको पेट्रोलियम पदार्थ आयात
वीरगञ्ज । चालु आर्थिक वर्षको चार महिनामा वीरगञ्ज नाका भएर रु ५४ अर्ब १२ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास एलपिजी, एभिएसन टर्बाइन फ्युल एटिएफ र मट्टितेल आयातब...
पुन: सुचारु हुने पखाईमा जनकपुर चुरोट कारखाना
जनकपुर । आज भन्दा ६२ वर्ष पहिला सञ्चालन भएको देशको एक मात्र चुरोट कारखाना जनकपुर चुरोट कारखाना लिमिटेड पुनः सुचारुको पखाईमा छ । राजनीतिक परिवेशको शिकार भएर दुर्भाग्यवस बन्द हुन पुगेको जनकपुर चुरोट कारखानाले एक समयमा प्रत्यक्ष रुपमा सातसय बढी कर्मच...
आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण
काठमाडौँ । एसियाली विकास बैंक एडिबीले सन् २०२६ मा नेपालको आर्थिक वृद्धि दर दुई दशमलव सात प्रतिशतमा सीमित हुने प्रक्षेपण सार्वजनिक गरेको छ । एडिबीद्वारा प्रकाशित ‘एसियन डेभलपमेन्ट आउटलुक अप्रिल २०२६’ अनुसार यो दर अघिल्लो आर्थिक वर्षमा चार दशमलव छ प...


