शनिबार, ३० साउन २०८३
नेपाली

राष्ट्रियसभा बैठक बस्दै, के छ कार्यसूची ?

Main News Image

काठमाडौँ । संघीय संसद्, राष्ट्रियसभाको बैठक आन बस्दै छ । बैठक दिउँसो सवा १ बजे सुरु हुनेछ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची छ । 

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ‘सङ्क्रामक पशुरोग ९नियन्त्रण० विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४१ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

mediabaaji add

सम्बन्धित खबर

प्रधानमन्त्रीको सचिवालयले भन्यो : नियुक्तिहरूमा अनावश्यक विवाद झिकियो

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले नियुक्तिको विषयमा प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई अनावश्यक रुपमा मुछिएको जिकिर गरेको छ । चौतर्फी आलोचनापछि प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलले सोमबार बिहान विज्ञप्ति जार...

निर्वाचन आचारसंहिता–निर्वाचनमा बालबालिका प्रयोग गर्न पाइँदैन

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय भएको आचारसंहितामा सरकारी तथा अर्धसरकारी निकायले कुनै पनि दलको पक्ष विपक्षमा कुनै पनि गतिविधि गर्न नपाइने गरी आचारसंहिता तय गरिएको छ ।

निर्वाचन आयोगले तय गरेको...

कांग्रेसको केन्द्रीय अनुशासन समितिले पूर्णबहादुर खड्कालाई सोधेको स्‍पष्टीकरण फिर्ता लिने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने भएको छ । सानेपामा सोमबार दिउँसो बस्ने अनुशासन समितिको बैठकले नेता खड्कालाई सोधेको सात दिने स्पष्टीकरण फिर्ता लिने...

सात दिनभित्र प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस गर्न जसपा नेपालको निर्देशन

काठमाडौँ । जनता समाजवादी पार्टी जसपा नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवारको नामावली पठाउन निर्देशन दिएको छ ।

पार्टी विधानको धारा ११७ उपधारा ३ मा व्यवस्था भए बमोजिम उम्मेदवार सम्बन्धी मापदण्ड र योग्यता पूरा गर...

लोकतन्त्रको जग सुदृढ बनाउँदै समृद्ध नेपालतर्फ अघि बढ्न गगन थापाको आह्वान

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक उपलब्धिहरूको रक्षा गर्दै समृद्ध नेपाल निर्माणतर्फ अग्रसर हुन आह्वान गरेका छन् । बिहीबार शुभकामना सन्देश जारी गर्दै उनले फागुन ७ लाई नेपाली कांग्रे...

राजुनाथ पाण्डेले काठमाडौँ–३ बाट गरे उम्मेदवारी दर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजनाथ पाण्डेले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गरेका छन् । बस्नेत मंगलबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता...