सोमबार, ०४ जेठ २०८३
नेपाली

नबिल बैंकले चिनियाँ अदालतमा भएको त्रिशूली जलविद्युतको मुद्दा जित्यो

Main News Image

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको काउन्टर ग्यारेन्टीसम्बन्धी मुद्दामा चिनियाँ अदालतमा सफलता हात पारेको छ । चीनको चोङछिङ हाइयर पिपुल्स अदालतले नबिल बैंकको पक्षमा फैसला गरेसँगै चार वटा बैंक ग्यारेन्टीबापत ७४ लाख ४९ हजार ३८६.३२ अमेरिकी डलर बराबरको रकम प्राप्त गरेको नबिल बैंकले जनाएको छ ।

चिनियाँ निर्माण कम्पनी सुइफा एएनएचई ग्रुपसँग त्रिशूली थ्रीबी आयोजनाले ठेक्का तोडेपछि चिनियाँ बैंक चाइना एभरब्राइट बैंक, छेन्दु शाखाले काउन्टर ग्यारेन्टीबापतको रकम भुक्तानी गर्न अस्वीकार गरेको थियो । नबिलले बैंक ग्यारेन्टी भुक्तानीका लागि सन् २०२३ डिसेम्बर १ मा आह्वानपत्र प्राप्त गरेको थियो । त्यसपछि बैंकले चाइना एभरब्राइट बैंकलाई स्वीफ्ट सन्देशमार्फत जानकारी गराएको थियो । 

तर सन् २०२३ डिसेम्बर १० मा उक्त बैंकले छेन्दु फाइनान्सियल अदालतबाट जारी भएको निषेधाज्ञा आदेशका कारण काउन्टर ग्यारेन्टीअन्तर्गतको रकम भुक्तानी गर्न असमर्थ रहेको जानकारी गराएको थियो । नबिल बैंकले भने दायित्वअनुसार त्रिशूली जलविद्युत् कम्पनीलाई बैंक ग्यारेन्टीबापतको रकम भुक्तानी गरिसकेको थियो । त्यहाँको अदालतले सन् २०२४ जनवरी १७ मा नबिल बैंकको पक्षमा फैसला सुनाएको थियो । उक्त फैसलाविरुद्ध सुइफा आन्हे ग्रुप कम्पनीले चोइछिङ  हाइयर पिपुल्स कोर्टमा पुनरावदेन दायर गरेको थियो । उक्त मुद्दामा सन् २०२५ सेप्टेम्बर २३ मा अदालतले नबिल बैंकको पक्षमा फैसला गरेको थियो ।


mediabaaji add

सम्बन्धित खबर

याम्बालिङ्ग हाइड्रोपावरले वैशाख १६ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने

काठमाडौँ । याम्बालिङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले यही वैशाख १६ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । प्रथम चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ बाँडफाँड गरेपछि दोस्रो चरणमा सर्वसाधारणमा समेत आईपीओ जारी गर्न...

एल आइ सी नेपालको चौथो एकता अधिवेशन सम्पन्न

© रविन्द्र लामिछाने (नवीन) 

मिडियाबाजी डटकम काठमाडौँ ,मंसिर ५। एल आइ सी नेपालको चौथो एकता अधिवेशन सम्पन्न भएको छ। लामो समयदेखिको विवाद र रस्साकस...

लगातार घट्दै आएको अस्ट्रेलियन डलर, युरो र पाउन्डको विनिमयदर आज कति ?

काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसतो विदेशी मुद्राको विनिमयदर स्थिर छ । हिजो जुन मूल्यमा कारोबार भएको थिय...

सर्लाहीमा आन्दोलित उखु किसान र उद्योगीबीच ४ बुँदे सहमति, एक महिना भित्र भुक्तानी पाउने

सर्लाही । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगमा बिक्री गरेको उखुको बक्यौता माग गर्दै धर्नामा बसेका किसान र उद्योग पक्षबीच चार बुँदे सहमति भएको छ । प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको पहलमा जिल्ला प्रशासन कार्...

साताभर २८.९२ अंकले घट्यो नेप्से, कुन दिनको कारोबार कति ?

काठमाडौँ । यस साता नेप्से परिसूचक २८.९२ अंकले घटेर २६४२.१५ विन्दुमा आईपुगेको छ । गत साता २६७१.०७ विन्दुमा बन्द भएको नेप्से यो साता २८.९२ अंक घटेर २६४२.१५ विन्दुमा पुगेको हो । यस साता दुई कारोबार दिन बजार खुलेको थियो। जसमा दुवै कारोबार दिन नेप्से घ...

शुक्रबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ २८ पैसा र बिक्रीदर १४४ रूपैयाँ ८८ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७०...