बुधबार, ३१ असार २०८३
नेपाली

सुन कारोबारको बहानामा हत्या : शव पुलमुनी गाडियो, गाडी जलाइयो

Main News Image

विराटनगर । झापाको शिवशताक्षी नगरपालिका-१० का ३३ वर्षीय सरोज शर्माको हत्या प्रकरण रहस्यमय हुँदै गएको छ । प्रारम्भिक अनुसन्धानका आधारमा सुन कारोबारको प्रलोभन देखाएर योजनाबद्ध रूपमा हत्या गरिएको खुलेको छ। प्रहरीले घटनामा संलग्न दुई जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।

पहिलो भेट र योजना
काठमाडौंमा बस्दै आएका सरोज शर्माको चिनजान झापाका २७ वर्षीय सुनिल साहसँग भएको थियो। शर्माले सस्तोमा सुन पाइने र आफैंले पनि किन्ने, साथै काठमाडौंमा चिनेजानेकालाई पनि किनिदिने भन्दै कुरा गर्ने गरेका थिए। यही कुराबाट लोभिएर सुनिल र उनका भान्जा २३ वर्षीय राहुल साहले शर्मासँग भएको पैसा लुट्ने योजना तयार पारेको बताइएको छ ।

सुन देखाउने बहानामा अपहरण
गत कात्तिक ९ गते सुनिलले सरोज शर्मालाई फोन गरी भारतबाट ल्याएको सुन देखाउने बहानामा बोलाए। त्यसपछि उनीहरू अर्जुनधारा नगरपालिका–४ अन्तर्गत दहिझोडा सामुदायिक वनतर्फ गए। प्रहरीका अनुसार यही ठाउँमा तीनैजना पुगेपछि सुन देखाउने बहानामा विवाद भएको र त्यही बेला सुनिल र राहुलले योजनाबद्ध रूपमा शर्मामाथि हमला गरेका थिए ।

हत्याको क्रूर मोड
प्रहरी अनुसन्धानअनुसार, उनीहरूले हातमा रहेको हथौडाले सरोजको टाउकोमा प्रहार गरि हत्या गरे। त्यसपछि शवलाई लुकाउनका लागि उनीहरूले शर्माकै सवारी साधन बा।प्र।०१(३० च ७१९४ नम्बरको गाडीमा राखेर झापा गाउँपालिका–५, हुलाकी मार्गस्थित बिरिङ खोलाको पुलमुनि गाडेको प्रहरीको अनुमान छ।

mediabaaji add

सम्बन्धित खबर

चुनाव विरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा कडा

काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले निर्वाचनविरोधी गतिविधि गर्ने, ‘मिस इनफरमेसन...

प्रहरी ‘अप्रेसन’ चलाउन देशभर परिपत्र, काठमाडौँमा मात्रै १५० जना पक्राउ

काठमाण्डौँ । सार्वजनिक सेवा प्रवाह समस्या हुने गरी विभिन्न क्रियाकलाप गर्ने विरुद्ध ‘अप्रेसन’ चलाउन प्रहरीले परित्रप गरेको छ भने काठमाडौँ मात्रै पछिल्लो २४ घण्टामा १५० जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता पवनकुमार भट्टरा...

सिंहदरबार सुरक्षा कडा, गणमा एसपी थपिने

काठमाडौँ । सिंहदरबारमा आगलागीपछि त्यहाँको सुरक्षामा सरकार गम्भीर बनेको छ । गृहमन्त्रालयले सिंहदरबार गणलाई लक्षित गर्दै प्रहरी संगठनमा एसएसपी, एसपी र डिएसपीका ३–३ दरबन्दी थप गरेको छ। सिंहदरबार गणमा हाल डिएसपी इन्चार्ज रहेकामा अब एसपी राख्ने तयारी ग...

चितवनका एसपी पुरी र डिएसपी खनालको एकैसाथ सरुवा !

मिडियाबाजी डटकम काठमाडौँ जेठ २, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरी र प्रहरी नायब उपरीक्षक (डिएसपी) रविन्द्र खनालको एकैसाथ सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले हिजो (शुक्रबार) एकसाथ देशभरका ४६ एसपी र १४९ डिए...

सत्यको खोजमा समर्पित पत्रकार जीवन शर्मालाई ‘खोजी पत्रकारिता सम्मान’

काठमाण्डौँ ।  खोज पत्रकारितामार्फत सामाजिक न्याय, सुशासन र जनचेतना अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै  खोज पत्रकार जीवन शर्मा सम्मानित भएका छन्। नेपाली समाजका ओझेलमा परेका सत्य, उत्पीडित समुदायका पीडा तथा भुइँमान्छेका आवाजलाई...

ठुलो आवाज निकाल्ने ८ मोटरसाइकल प्रहरी नियन्त्रणमा

काठमाडौँ। अनावश्यक ठुलो आवाज निकाल्ने ८ मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।


काठमाडौँ उपत्यकाको नेपालटार डाँडागाउँ स्थित सडक खण्डमा गरिएको विशेष चेकिङको क्रममा ८ ओटा ठुलो आवाज निकाल्ने तथा स्वरुप परिवर्तन गर्ने मोटरसाईकललाई...