निरन्तरको वर्षा र पहिरोले मुग्लिन-नारायणगढ सडक ठप्प, यात्रा नगर्न प्रशासनको आग्रह
चितवन । निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण मुग्लिन-नारायणगढ सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले बाटोको वर्तमान अवस्था अत्यन्तै जोखिमपूर्ण रहेको भन्दै तत्कालका लागि सो सडक खण्डमा सवारीसाधन नचलाउन सूचना जारी गरेको छ । सडक डिभिजन भरतपुरका अनुसार सडक खण्डअन्तर्गत तुइन खोलामा माथिबाट निरन्तर ढुङ्गा खसिरहेको छ भने सेती दोभान क्षेत्रमा लेदोसहितको पहिरो खसेका कारण सडक दुईतर्फी नै अवरुद्ध बनेको छ ।
सोमबार साँझ साढे ७ बजेदेखि नै उक्त क्षेत्रमा भइरहेको भारी वर्षाले सडक खुलाउने प्रयासमा चुनौती थपेको छ । सडक डिभिजन भरतपुरका सुपरभाइजर ईश्वर क्षेत्रीले वर्षा नरोकिएका कारण पहिरो पन्छाउने काममा कठिनाइ भइरहेको जानकारी दिए ।
एक्सप्रेस
सम्बन्धित खबर
काठमाडौं महानगरद्वारा १०७ विद्यालय खारेज गर्ने तयारी, सम्पर्कमा आउन १५ दिने अल्टिमेटम
काठमाडौँ । काठमाडौं महानगरपालिकाले भौतिक रुपमा सञ्चालनमा नरहेका एकसय सातवटा विद्यालय खारेज गर्ने तयारी गरेको छ । मंगलबार सूचना पकाशित गर्दै महानगरले यस्ता विद्यालयलाई १५ दिनभित्र शिक्षा विभागमा सम्पर्क गर्न अल्टिमेटम दिएको छ । काठमाडौं महानगरपालिक...
रोशी खोलामा पानीको सतह बढेपछि बिपी राजमार्ग बन्द
काठमाण्डौँ । रोशी खोलामा बाढी आएपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान खोलामा पानीको सतह बढेपछि सडक रोकिएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेले बिपी राजमार्गमा सवारी आवागमन तत्कालका लागि पूर्ण रूपमा बन्द गरिएको जानकारी दिएको छ ।
प्रहरी...
फेरि मौसम बदलीको अर्को प्रणाली भित्रिँदै, काठमाडौँमा पनि वर्षा हुने
काठमाडौँ । पश्चिम नेपालमा वर्षा र हिमपात गराएर फर्किएको केही दिनमै फेरि पश्चिमी न्यून चापीय प्रणालीको असर नेपालमा देखिने भएको छ । आज रातिबाटै सुदूरपश्चिम क्षेत्रबाट प्रवेश गर्ने यसपालिको न्यून चापीय प्रणालीले काठमाडौं उपत्यकासमेत छुने र हल्का वर्ष...
काठमाडौं महानगरपालिकाले भन्यो : नदीको दायाँबायाँमा लगाएको निर्माणको प्रतिबन्ध हट्यो
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र नदीको दायाँ बायाँ भवन निर्माण अनुमतिमा यसअघि लगाइएको प्रतिबन्ध हटाएको छ । महानगरपालिकाले आज सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेशअनुसार नदीको दायाँ बायाँ भवन निर्माण गर्न अनुमति दिइएको जनाएको...
वैशाख १० सम्म तातो लहर चल्ने, उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आगामी वैशाख १० गते बिहीबारसम्म देशका तराई र पहाडका विभिन्न जिल्लाहरूमा तातो दिन तथा तातो लहर अर्थात् हिट वेभको सम्भावना रहेको भन्दै नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
मौसमविद्...
प्रेस युनियनले सरकारी विज्ञापन रोक्ने निर्णयको देशव्यापी विरोध गर्ने
काठमाडौँ । नेपाल प्रेस युनियनले सरकारी विज्ञापन निजी मिडियामा प्रकाशन-प्रसारण गर्न रोक लगाउने सरकारको निर्णयविरुद्ध देशव्यापी अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।
युनियनका महासचिव दिलीप पौडेलद्वारा जारी परिपत्रमार्फत नेप...



