चलचित्र निर्माता थापाको तीज गीत ‘दिक्क लाइसक्यो’ सार्वजनिक
काठमाडौँ । चलचित्र निर्माता अविरल थापाले तीज गीत ‘दिक्क लाइसक्यो’ सार्वजनिक गरेका छन् । गीतमा दीपिका बयम्बु, बेनिशा पौडेल र सुनिता बिकको स्वर रहेको हो । संगीत किरण भुसालले र शब्द अविरल थापाको रहेको छ । गीतमा विभिन्न पेसामा आवद्ध श्रीमानका श्रीमतीहरूले गरेका गुनासालाई व्यंग्यात्मक र ठट्यौलो शैलीमा उतारिएको हो ।
गीतको भिडियो वर्षा पौडेलले निर्देशन गरेकी छन् । भिडियोमा ‘एज रिभर्सड’ कास्टिङ गरिएको हो । बयस्क महिलाहरूको भूमिकामा बालिकाहरूलाई अभिनय गराइएको छ । गीतमा नेपा डान्स एकेडेमीका १६ जना बालिकाको नृत्य रहेको हो । रोहिया महर्जनले कोरियोग्राफी गरेकी छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
७५ वर्षीया अभिनेत्री बसुन्धरा भुसाल भन्छिन् : बढ्दो उमेरसँग डराउने होइन, रमाउने हो
काठमाडौँ । अभिनेत्री बसुन्धरा भुसालले बढ्दो उमेरलाई आयु घटिरहेको नभई अनुभवी बनिरहेको भनेर बुझ्न आग्रह गरेकी छन् । न्युरोडमा रहेको रञ्जना सिनेप्लेक्स चलचित्र भवनमा धार्मिक र सामाजिक दायित्वको भावनालाई आत्मसात् गर्दै बढ्दो उमेर, स्वास्थ्य र विदेशिएक...



