मोटरसाइकल दुर्घटना : ३१ वर्षीय युवक र पछाडि सवार महिलाको पनि मृत्यु
काठमाण्डौँ । मोरङको बुढिगंगामा सोमबार साँझ भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बुढिगंगा गाउँपालिका वडा नम्बर ४ स्थित स्वास्तिक जुट मिल अगाडि प्रदेश १–०२–०४९ प ९२२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक र पछाडि सवार दुवैको ज्यान गएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरी जिल्लाको दुहबी नगरपालिका वडा नम्बर ५ बस्ने ३१ वर्षीय प्रकाश साह र सोही मोटरसाइकलको पछाडि सवार विराटनगर महानगरपालिका वडा नम्बर १५ की ४० वर्षीया कन्चन झा रहेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
साँझ ७ः३० बजे भएको दुर्घटनाका दुवै घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि गंगा चोकस्थित विराट टिचिङ अस्पताल पठाएको थियो । अस्पताल पुर्याएपछि चेकजाँचका क्रममा चिकित्सकले दुवैजनालाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ । तीव्र गतिको कारण मोटरसाइकल दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
म्याग्दी, पर्वत र कास्कीको संगमस्थल जलजला क्षेत्रमा ताल बनाउन सम्भाव्यता अध्ययन
म्याग्दी । म्याग्दी, पर्वत र कास्की जिल्लाको सिमानामा रहेको प्राकृतिक एवम् धार्मिक पर्यटकीयस्थल कालाञ्जर हम्पालको जलजला क्षेत्रमा ताल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका, पर्वतको...
धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर
नवलपरासी । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ मा अवस्थित दाउन्ने देवी मन्दिर धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्णस्थलका रूपमा परिचित बन्दै गएको छ । पूर्वपश्चिम राजमार्ग नजिकै दाउन्ने डाँडाको चुचुरोमा...
पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटामा
कञ्चनपुर । जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक ‘मदना चाँचर’ चरा देखापरेको छ । विशेषगरी मध्यपहाडी र हिमाली वन क्षेत्रमा पाइने यो चरा तराईको समथर क्षेत्रमा पाइनुलाई संरक्षणका हिसाबले महत्त्वपूर्ण मानिएको छ । यस चरालाई प...
पशुपतिनाथमा धनुर्मास पूजा
काठमाडौँ । सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा बिहीबार रातभर धनुर्मास पूजा आराधना गरिएको छ । पुस महिनाभर सूर्य धनु राशिमा हुन्छन् । प्रत्येक वर्ष पुस महिनामा साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा आराधना गर्ने परम्परा छ ।...
एनआरएनएबीच एकता घोषणा
काठमाडौं। गैर आवासीय नेपाली संघ एनआरएन बीच एकता सम्बन्धी सहमतिमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा महेश श्रेष्ठ र डा बद्री केसीले एकता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । एनआरएन...
गोरखा माइक्रो दुर्घटना अपडेट : मृतक संख्या सात पुग्यो
गोरखा । गोरखामा माइक्रो दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो दुर्घटना हुँदा सात जनाको ज्यान गएको हो । गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा मनकामनाबाट फर्कंदै गरेको बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो...



