शुक्रबार, ०१ साउन २०८३
नेपाली

मोटरसाइकल दुर्घटना : ३१ वर्षीय युवक र पछाडि सवार महिलाको पनि मृत्यु

Main News Image

काठमाण्डौँ । मोरङको बुढिगंगामा सोमबार साँझ भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।  बुढिगंगा गाउँपालिका वडा नम्बर ४ स्थित स्वास्तिक जुट मिल अगाडि प्रदेश १–०२–०४९ प ९२२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक र पछाडि सवार दुवैको ज्यान गएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरी जिल्लाको दुहबी नगरपालिका वडा नम्बर ५ बस्ने ३१ वर्षीय प्रकाश साह र सोही मोटरसाइकलको पछाडि सवार विराटनगर महानगरपालिका वडा नम्बर १५ की ४० वर्षीया कन्चन झा रहेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

  साँझ ७ः३० बजे भएको दुर्घटनाका दुवै घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि गंगा चोकस्थित विराट टिचिङ अस्पताल पठाएको थियो । अस्पताल पुर्‍याएपछि चेकजाँचका क्रममा चिकित्सकले दुवैजनालाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ । तीव्र गतिको कारण मोटरसाइकल दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। 

mediabaaji add

सम्बन्धित खबर

सोलुखुम्बुमा जिप दुर्घटना : ३ जनाको मृत्यु, ६ घाइते

रामेछाप । सोलुखुम्बुमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार माप्य दुधकोशी गाउँपालिका–६ भिरकुनामा बिहीबार साँझ वाग्मती प्रदेश ०१–०३१...

नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक शुक्रबार

काठमाण्डौँ । नेपाल पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक शुक्रबार लिस्बनमा हुँदैछ । बैठकमा दुवै पक्षले साझा चासोका विषयका साथै क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा सहकार्यसहित नेपाल पोर्चुगल सम्बन्धको समग्र अवस्थाको समीक्षा हुनेछ । बैठकको...

बागमती नदीमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ट्रास बेरियर राखियो

काठमाडौँ । शहरी विकास मन्त्रालय अन्र्तगत रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौंका नदीहरूमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ट्रास बेरियर जडान गरेको छ । हाल गुह्वेश्वरीवाट ट्रास बेरियर जडान सम्पन्न गरी बागमती नदीका ५ स्था...

आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौँ । संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै छ । संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रुपमा मनाउने घोषणा गरेको थियो। त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो। संयुक्त राष्ट्रसंघको महा...

तीन सवारीसाधन एक आपसमा ठोक्किँदा चालकसहित सात जना घाइते

रौतहट । रौतहटमा तीन सवारीसाधन एक आपसमा ठोक्किँदा चालकसहित सात जना घाइते भएका छन् । दुर्गाभगवती गाउँपालिका वडा नम्बर ५ बरहर्वा भएको हुलाकी सडक हुँदै बम नहर तर्फ जाँदै गरेको एचआर २८ डि ७२२२ नम्बरको भारतीय स्कार्पियोले चन...

माधव नेपाल जोडिएको पतञ्जलि योगपीठ जग्गा हिनामिनामा साक्षी बुझ्न आदेश

काठमाडौँ । विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग सम्बन्धित पतञ्जलि योगपीठ र आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा साक्षी बुझ्ने आदेश गरेको छ । विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले सर...