शुक्रबार, ०१ साउन २०८३
नेपाली

काभ्रेका अधिकांश उम्मेदवारले जमानत समेत जोगाउन सकेनन्

Main News Image

काठमाण्डौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेको उम्मेदवारी दिएकामध्ये ८५ प्रतिशत उम्मेदवारको जमानत जफत हुने भएको छ । जिल्लाका २ क्षेत्रका ४२ उम्मेदवारमध्ये ३५ जनाको जमानत जफत हुने भएको हो। जिल्लाका कूल उम्मेदवारमध्ये कतिपयले १० मतसमेत कटाउन सकेनन्। काभ्रेमा तीन लाख २६ हजार ६११ मतदाता छन्।

यद्यपि जिल्लाका दुवै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन् । काभ्रे–१ मा १८ उम्मेदवारमध्ये १४ उम्मेदवारको जमानत जफत भएको छ। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवारबाहेक सबै उम्मेदवारको जमानत जफत भएको हो ।

कूल एक लाख ६१ हजार एक सय मतदाता रहेको यस क्षेत्रमा ९१ हजार १०१ मत खसेको थियो । त्यसमध्ये ८७ हजार १२४ मत सदर तथा चार हजार ९७७ मत बदर भयो । यस क्षेत्रका सात उम्मेदवारले १०० मतसमेत कटाउन सकेनन्। जनता समाजवादी पार्टी नेपालका मानबहादुर तामाङले ७१, नेपाल मजदुर किसान पार्टीका राजु तामाङले ५२ र प्रगतिशील लोकतान्त्रिक पार्टीका ज्ञानेन्द्रकुमार श्रेष्ठले ५६ मत पाए ।


समावेशी समाजवादीका विनोद लामाले ५० मत, नेशनल रिपब्लिकन नेपालका भरत तामाङले ३५ मत, स्वतन्त्र उम्मेदवार जीवन लामाले ९४ तथा स्वतन्त्र उम्मेदवार युवराज चौलागाईंले सात मत प्राप्त गरेका थिए । यस क्षेत्रका समावेशी समाजवादीका विनोद लामा यौनिक अल्पसङ्ख्यक उम्मेदवार हुन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका नवराज सत्यालले ६९९ मत, श्रम संस्कृति पार्टीका धीराज लामाले २८७ मत, मङ्गल नेशनल अर्गनाइजेसनका कमलबहादुर लामाले १५६ मत, नेपाल कम्युनिष्ट पार्टी माओवादीका कान्छा तामाङले १४९, संयुक्त नागरिक पार्टीका रत्न लामाले ११४ तथा स्वतन्त्र उम्मेदवार राजेशकुमार श्रेष्ठले १६९ मत प्राप्त गरेका छन्।


mediabaaji add

सम्बन्धित खबर

शंकर पोखरेलको टिप्पणी-नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्र हुँदैछ

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछाने र बालेन साहबीचको सात बुँदे सहमतिलाई नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको दोस्रो तयारी भएको टिप्पणी गरेका छन् । ‘भदौ २३ र २४ गतेको घटना भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई...

रास्वपा र विवेकशीलबीच आज एकता घोषणा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र विवेकशील साझाको औपचारिक रूपमा आज पार्टी एकता घोषणा हुँदैछ । आज दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए । असल शासन र समु...

मध्यरातमा दुर्गा प्रसाईं पक्राउ

काठमाडौँ । राष्ट्र, राष्ट्रियता तथा धर्मसंस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । मङ्सिर ७ गतेदेखि आन्दोलन थालनी गर्ने घोषणा गरिसक्नुभएका प्रसाईंलाई प्रहरी टोलीले मध्यरातमा भ...

आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे संघीय संसद् सचिवालय सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा समितिको कार्ययोजना सम्बन्धमा छलफल गरिने...

ओलीसँग सार्वजनिक बहसमा सहभागी हुन बालेनद्वारा अस्वीकार

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साह र नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई पब्लिक डिबेटका लागि आह्वान गरेपछि बालेनले जवाफ फर्काएका छन्। बालेनले ओलीसँग एउटै मञ्चमा उभिन अस्वीकार...

दलका नेतालाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई माधव नेपालको सुझाव

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजनीतिक दल र नेताहरुलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिएका छन्। मंगलबार काठमाडौंमा आयोजित देउसी भैलो कार्यक्रममा सहभागी भएका अध्यक्ष नेपालले सञ्च...