बिहिबार, ३२ असार २०८३
नेपाली

प्रतिनिधिसभा निर्वाचनका लागि ३ लाख बढी सुरक्षाकर्मी परिचालन

Main News Image

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ३ लाख बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । स्वच्छ, स्वतन्त्र र निश्पक्ष तथा भयरहित वातावरणमा मतदान कार्य सम्पन्न गर्ने उद्देश्यका साथ निर्वाचन सुरक्षा तथा जोखिम व्यवस्थापन समितिको निर्णयमा सरकारले म्यादी प्रहरीसहित ३ लाख ४१ हजार १ सय ११ जना सुरक्षाकर्मी परिचालन गरेको हो ।

नेपाली सेनाबाट ७९ हजार ७ सय २७, शसस्त्र प्रहरी बलबाट ३४ हजार ५ सय ७६, नेपाल प्रहरीबाट ७५ हजार ७ सय ९७, राष्टिय अनुसन्धानबाट १ हजार ९ सय २१ र निर्वाचन प्रहरी९म्यादी० बाट १ लाख ४९ हजार ९० जना परिचालन गरिएको छ ।

नियमित ट्राफिक प्रहरीहरूलाई निर्वाचन सुरक्षाका लागि उपत्यकाबाहिर खटाइएपछि राजधानीका विभिन्न चोक–चोकमा ट्राफिक व्यवस्थापनमा केही कठिनाइ देखिएको थियो। बढ्दो जामलाई नियन्त्रण गर्न अहिले निर्वाचन प्रहरीहरू पनि सडक ट्राफिक व्यवस्थापनमा खटिएका छन्।

mediabaaji add

सम्बन्धित खबर

निर्वाचन आचारसंहिता-निर्वाचनमा बालबालिका प्रयोग गर्न पाइँदैन

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय भएको आचारसंहितामा सरकारी तथा अर्धसरकारी निकायले कुनै पनि दलको पक्ष विपक्षमा कुनै पनि गतिविधि गर्न नपाइने गरी आचारसंहिता तय गरिएको छ । निर्वाचन आयोगले तय गरेको आचारस...

रास्वपा विधानमा रातारात हेरफेर : बन्दसत्र बाहिरबाट बुँदा थपिएपछि गम्भीर संशय

काठमाडौँ । असार ७ देखि १२ गतेसम्म  चितवनमा सम्पन्न पहिलो महाधिवेशनमार्फत पारित गरिएको विधानलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० भित्र गम्भीर विवाद र संशय पैदा भएको छ ।

पार्टीले सोमबार आफ्नो आधिकारिक वेबसाइटमा सार्वजनिक गरेको वि...

भारतीय सीमा अतिक्रमणको विरोधमा माइतीघरमा माओवादीको प्रदर्शन

काठमाडौँ । नेकपा माओवादीले सुस्तामा भएको भारतीय सीमा सुरक्षा बल एसएसबीको हस्तक्षेपविरुद्ध विरोध प्रदर्शन गरेको छ । शनिबार माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा सहभागीहरूले ‘भारतीय साम्राज्यवाद मुर्दावाद’, ‘देशद्रोही बालेन सरकार मुर्दावाद’ तथा ‘राष्ट्...

संवैधानिक परिषद् अध्यादेशविरुद्धको रिट संवैधानिक इजलासमा पठाउन सर्वोच्चको आदेश

काठमाडौँ । सरकारले जारी गरेको विवादित संवैधानिक परिषद् सम्बन्धी अध्यादेशविरुद्ध परेको रिट दर्ता गर्ने वा नगर्ने भन्ने अन्तिम निर्णयका लागि सर्वोच्च अदालतले उक्त मामिला संवैधानिक इजलासमा पठाउने आदेश दिएको छ ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीश...

रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह बालेन पार्टीका नवनिर्वाचित सांसदका लागि आजदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा अनुपस्थित रहेका छन् । ललित...

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंले सम्पत्ति शुद्धीकरण र गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा अ...