ट्राफिक सप्ताहमा २३ हजारभन्दा बढी लाभान्वित, ‘सानो लापरबाही ठूलो दुर्घटना’ सन्देश प्रवाह
काठमाडौँ । ट्राफिक सप्ताहको चौथो दिन काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले व्यापक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको आयोजनामा “सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी सबैको जिम्मेवारी” भन्ने नारासहित दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ सञ्चालन भइरहेको छ।
गत माघ २६ गतेदेखि सुरु भएको ट्राफिक सप्ताह आगामी माघ ३ गतेसम्म चल्नेछ । यस अवधिभर सडक सुरक्षा, ट्राफिक नियम र जिम्मेवार सडक प्रयोगसम्बन्धी जनचेतना फैलाउने विभिन्न कार्यक्रम सञ्चालन भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।
अभियानअन्तर्गत चौथो दिन मात्रै ६ हजार ५ सय २१ जना यात्रु तथा पैदलयात्रीलाई जेब्राक्रसिङ प्रयोग गरी सुरक्षित रूपमा सडक पार गर्ने तरिका सिकाइएको छ । यस्तै, ६ सय जना चालकको एकदिने आँखा स्वास्थ्य परीक्षण, विद्यालय तथा कलेजका ९ सय ५१ जना विद्यार्थीलाई ट्राफिक सचेतना प्रदान गरिएको छ।
ट्राफिक प्रहरीले ३ सय ९३ जना ट्राफिक स्वयंसेवक परिचालन गरेको छ भने २ हजार २ सय १७ जनालाई रात्रीकालीन विशेष सचेतना दिइएको छ। २ मिनेट कार्यक्रममार्फत २ हजार ३ सय ९७ जना चालक तथा परिचालकसँग प्रत्यक्ष संवाद गरिएको छ। साथै, ५ हजार २ सय ५ जना दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी चालकलाई सचेतनामूलक कार्यक्रममार्फत जानकारी दिइएको छ।
लेन उल्लङ्घन, मादक पदार्थ सेवन गरी सवारी चलाउने, ट्राफिक लाइट उल्लङ्घन तथा तीव्र गतिजस्ता जोखिमपूर्ण व्यवहार गर्ने २ सय ३६ जनालाई सचेतनामूलक कक्षामा सहभागी गराइएको छ। यसैगरी, ६ सय १५ जनालाई आरक्षण सिट र यात्रुमैत्री व्यवहारसम्बन्धी सचेतना, १ सय जनालाई नागरिक सुनुवाइ तथा १ हजार ४ सय ३० जनालाई प्रभातफेरी कार्यक्रममा सहभागी गराइएको छ।
५ सय १६ जना चालक तथा यात्रुलाई सुरक्षित यात्राको कामना गरिनुका साथै ३ सय ५७ जनालाई कानुनी कारबाहीसम्बन्धी सचेतना दिइएको छ। सवारी चालक अनुमति पत्रको लिखित परीक्षा दिने १ हजार १ सय ७० जना परीक्षार्थीलाई पनि ट्राफिक सचेतना प्रदान गरिएको छ। यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत ६५ जना नेपाली सेनाका कर्मचारीलाई प्रशिक्षण दिइएको छ।
यी सबै कार्यक्रमबाट चौथो दिन मात्रै २३ हजार ६ सय २४ जना सडक प्रयोगकर्ता लाभान्वित भएका छन् । साथै, ५ हजार २ सय ४८ जनालाई पर्चा–पम्प्लेट वितरण गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार सडकमा हुने सानो लापरबाहीले ठूलो दुर्घटनाको रूप लिन सक्ने यथार्थलाई आत्मसात् गर्दै सुरक्षित सडक संस्कारको विकास र सडक दुर्घटनाबाट हुने जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताह आयोजना गरिएको हो।
एक्सप्रेस
सम्बन्धित खबर
काठमाडौं उपत्यकामा २० लाखभन्दा बढी सवारीको ट्राफिक व्यवस्थापन हातको ईशारा र सिठ्ठीका भरमा भइरहेको छ : ट्राफिक प्रमुख
काठमाण्डौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्ले काठमाडौं उपत्यकामा २० लाखभन्दा बढी सवारीसाधन सञ्चालनमा रहे पनि ट्राफिक प्रहरीले अझै हात र सिठीको भरमा ट्राफिक व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको बताए...
एआईजी पौडेललाई सशस्त्र प्रहरीको आईजीपी बनाउने सरकारको तयारी
काठमाडौँ । सरकारले एआईजी नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी बल एपीएफको महानिरीक्षक आईजीपी नियुक्त गर्ने तयारी गरेको छ । वर्तमान प्रमुख राजु अर्यालको चारवर्षे कार्यकाल वैशाख १८ गते सकिनुअघि नै नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाइएको हो ।
एक सय नौ किलो गाँजा प्रहरीको नियन्त्रणमा
काठमाडौँ । महोत्तरीको रामगोपालपुर नगरपालिका–८ स्थित सहसौला चोक नजिकबाट प्रहरीले भारी परिमाणमा गाँजा र एक भारतीय कार नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माका अनुसार, २० वटा पोकामा प्याक गरिएको १०...
शुक्रबारदेखि सम्पर्कविहीन पूर्वनगरप्रमुख किरण सिंह रहेनन्
कपिलवस्तु । शुक्रबार साँझ साढे ५ बजेदेखि सम्पर्कविहीन भएका कपिलवस्तु नगरपालिकाका पूर्वनगरप्रमुख किरण सिंह जंगलमा मृत फेला परेका छन् । उनी हराएको स्थानदेखि ६र७ सय मिटर उत्तरतिर उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्...
सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्जमा दुई पक्षीय झडपपछि उत्पन्न तनाव थप भड्किएपछि स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरेको छ । जारी कर्फ्यु आदेशको प्रवाह नगरी सोमबार बिहानैदेखि प्रदर्शनकारीहरूले सडकमा टा...
चितवनका एसपी पुरी र डिएसपी खनालको एकैसाथ सरुवा !
मिडियाबाजी डटकम काठमाडौँ जेठ २, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरी र प्रहरी नायब उपरीक्षक (डिएसपी) रविन्द्र खनालको एकैसाथ सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले हिजो (शुक्रबार) एकसाथ देशभरका ४६ एसपी र १४९ डिए...



