देशभर मनसुनको प्रभाव कायमै : आज केही स्थानमा मध्यमदेखि भारी वर्षा र हावाहुरीको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव निरन्तर रूपमा कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भू–भागतर्फ सरदर स्थानको आसपास अवस्थित छ ।
यसकै प्रभावले हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । अहिले मधेस प्रदेशमा आंशिक बदली रहे पनि देशका बाँकी सबै प्रदेशहरूमा साधारणतया बादल लागिरहेको छ ।
आज दिउँसो देशका हिमाली र पहाडी भू–भागका साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा साधारणतया बादल लाग्ने महाशाखाको अनुमान छ। कोशी, मधेस र बागमती प्रदेशका तराई भू–भागमा भने आंशिक बादल लाग्नेछ । दिउँसो देशका हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । यसैगरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा, कोशीको तराई तथा मधेस प्रदेशका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्छ ।
एक्सप्रेस
सम्बन्धित खबर
स्थानीय तहले राजमार्गमा कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय, सहायक तथा हुलाकी राजमार्गमा सञ्चालन हुने सवारी साधनबाट स्थानीय तहले उठाउने कर तथा सडक उपयोग शुल्क रोक्न अन्तरिम आदेश जारी गरेको छ । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्र विक्रम बानियाँ ले भद...
सवारी दुर्घटना : क्षतिपूर्ति र उपचार खर्च तिर्न नसके जेल पठाउन मिल्दैन
काठमाडौँ । सवारी दुर्घटनाका पीडितलाई खुवाउनुपर्ने औषधि उपचार खर्च, किरिया खर्च र क्षतिपूर्ति भराउने प्रयोजनका लागि माग गरिएको धरौटी बुझाउन नसकेकै आधारमा अभियुक्तलाई थुनामा राख्नु गैरकानुनी हुने सर्वोच्च अदालतले ठहर गरेको छ । सर्वोच्च अदालतको पूर्ण...
बझाङको कोट्देवल केन्द्रविन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प
बझाङ । सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लास्थित कोट्देवललाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ४:४० बजेको समयमा ४.२ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो ।
उक्त भूकम्पको कम्पन बझाङक...
१ लाख ४९ हजार निर्वाचन प्रहरीको भर्ती आज खुल्दै, शुक्रबारदेखि आवेदन दिन सकिने
काठमाण्डौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावका लागि एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरीको भर्ना बिहीबार खुल्ने भएको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गर्ने तयारी गरेको हो । निर्वाचन प्रहरीमा भर्ना हुनका लागि शुक्रबारदेखि आव...
तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भूभागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले तराईका अधिकांश स्थानहरू हुस्सु...
काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रभित्र पर्ने सिनामङ्गल चोक तथा तिलगङ्गा क्षेत्रमा बिजु...



