शनिबार, १३ असार २०८३
नेपाली

मनसुन थप प्रदेशमा विस्तार हुँदै

Main News Image

काठमाडौँ ।  नेपालमा मनसुनी वायु क्रमशः देशभर विस्तार हुने क्रममा रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्रका साथै गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी भेगमा मनसुनको प्रभाव परिसकेको छ भने बाँकी भागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशसहित मनसुन पुग्न बाँकी क्षेत्रहरूमा आगामी चारदेखि पाँच दिनभित्रमा मनसुन पूर्ण रूपमा विस्तार हुने सम्भावना देखिएको छ। हाल देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली र तराई क्षेत्रमा आंशिक बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

महाशाखाले आज दिउँसो देशका अधिकांश हिमाली, पहाडी तथा मधेश र कोशी प्रदेशको तराई क्षेत्रमा साधारणतया बदली रहने पूर्वानुमान गरेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। साथै, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको आकलन गरिएको छ ।


mediabaaji add

सम्बन्धित खबर

उदयपुरको चौदण्डिगढीमा आगोमा जलेर २ जनाको मृत्यु

काठमाण्डौँ । उदयपुरको चौदण्डिगढी नगरपालिका–७ बेल्टार शान्ति चोकमा आगलागी हुँदा ७० वर्षीय लक्ष्मी नारायण खड्का र ३० वर्षीय पवन खड्काको मृत्यु भएको छ । आगलागीबाट लक्ष्मीनारायणको घरसहित रबिन कुमार दास र सकलदेवको घर जलेको छ र अस्मिता खड्का घाइते भएकी...

पश्चिमी वायुको प्रभाव : उच्च पहाडमा हिउँ पर्ने, तराईमा कुहिरो

काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकाले बागमती र गण्डकी प्रदेशलगायत अन्य पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अन्य भागमा भने आंशिक बादल लागेको छ । 

आज दिउँसो...

आजको मौसमः कोशीमा भारी वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव छ । कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा बाँकी...

तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली रहेको छ । देशका तराई भूभागमा तापक्रम हल्का घट्ने तथा हुस्सुरकुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समय...

मौसम पूर्वानुमान : देशभर बदली र वर्षा गराउने नयाँ मौसमी प्रणाली सक्रिय

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम छ ।  तल्लो वायुमण्डलको न्यून चापीय क्षेत्रको प्रभावले अहिले देशका अधिकांश स्थानमा बादल लागेको छ ।

बागमत...

प्रहरी हिरासतमा युवाको ज्यान गयो, कारण अन्तरजातीय विवाह

रामेछाप । सिन्धुलीको सुनकोसी गाउँपालिका–३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विकको खुर्कोट प्रहरी हिरासतमा मृत्यु भएको छ । वैशाख ३ गतेदेखि प्रहरी हिरासतमा रहेका विकले हिजो थुनुवा कक्षको भेन्टिलेसनमा सर्टको पासो लगाएर आत्महत्या गरेका प्रहरीले जनाएको...