बुधबार, ०३ भदौ २०८३
नेपाली

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

Main News Image

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा,  बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेश साथै कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । 


mediabaaji add

सम्बन्धित खबर

कान्ति राजमार्गको एकान्तकुना खण्ड ६० दिनसम्म बन्द हुने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति राजमार्ग सडक योजनाअन्तर्गत एकान्तकुना क्षेत्रमा विस्तार तथा कटिङ भइरहेकाले सो क्षेत्रमा ६० दिनसम्म सवारी आवागमन बन्द गरिने जनाएको छ । जिल्ला प्रशासनले जारी गरेको सार्...

जलविरे दुर्घटनापछि अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो, ३३ जना घाइते

काठमाडौँ । जलविरेमा दुईवटा बस र एउटा ट्रक ठोक्किएर दुर्घटना भएपछि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खुलेको छ । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाको जलविरेमा आइतबार ९साउन ३० बिहान ७:१० बजे दुई बस र एउटा ट्रक आपसमा ठोक्कि...