मोहन बस्नेत भन्छन्_ गगनसँग सति जान सकिँदैन, अब अर्को पार्टी बनाउनुपर्छ
काठमाडौँ । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाको नेतृत्वमा परिचालित रूपमा विशेष महाधिवेशन भएको दाबी गरेका छन्। इतर पक्षले काठमाडौंमा गरेको भेलालाई सम्बोधन गर्दै उनले कांग्रेस बलियो नभए मुलुक दुर्घटनामा जाने बताए ।
उनले भने, ‘प्रदेश भेला गरिसक्यौँ। आज केन्द्रीय भेला राख्नुपर्छ, पार्टी फुटाउने होइन, अर्को पार्टी बनाउने हो, गगन थापाको नेतृत्वमा लोकतान्त्रिक शक्तिलाई सति जान दिइनेछैन ।’ उनले गगन थापाको नेतृत्वमा चुनावमा गएका कारण पार्टी खरानी भएको दाबी गरे। साथै, गगनले काठमाडौं(४ बाट मात्र चुनाव लडेको भए जमानत जफत हुने जिकिर समेत गरे ।
एक्सप्रेस
सम्बन्धित खबर
राष्ट्रियसभाको १७ सदस्यका लागि सातै प्रदेशमा मतदान जारी
काठमाडौँ । राष्ट्रियसभामा रिक्त सदस्य चयन गर्न मतदान सुरु भएको छ । २०८२ फागुन २० गतेदेखि राष्ट्रियसभामा १७ सिट सदस्य रिक्त रहेको छ । यसका लागि बिहान ९ः०० बजेदेखि मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।
मतदान आज दिउँसो ३ः०० बजेसम्म जारी रह...
सातै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस, नयाँ गठबन्धनको तयारी
काठमाडौँ । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेको छ। एमालेसँगको समीकरण तोडेर नयाँ राजनीतिक गठबन्धन निर्माणको दिशामा अघि बढ्ने निष्कर्षमा कांग्रेस पुगेको हो ।
कांग्रेसका एक पदाधिकारीले एमालेसँ...
आज भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने
काठमाडौँ । आज नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका छन् । बुधबार काठमाडौंमा एक कार्यक्रम गरि ‘मातृभूमि जागरण अभियान, नेपाल’ स्थापना गरेर सक्रिय भईरहेका रावल नेपाल...
जिम्मेवारीबाट हटाइए रास्वपाका प्रदेश इन्चार्ज
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रदेश इन्चार्जहरूलाई जिम्मेवारीबाट मुक्त गरेको छ । मंगलबार बसेको सचिवालय बैठकले आगामी निर्वाचन केन्द्रित गतिविधिको लागि इन्चार्जको भूमिकामा रहेका नेताहरूलाई जिम्मेवारीबा...
रास्वपा उम्मेदवारको गाडीको ठक्करले बालकको मृत्यु
काठमाडौँ । रौतहटमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार सगिर आलम सवार गाडीको ठक्करबाट बालकको मृत्यु भएको छ । बालकको उमेर ६ वर्षजति भएको अनुमान गरिएको छ । आलम रौतहट–२ बाट उम्मेदवार छन् ।
दुर्घटनापछि रास्वपा उम्मेदवार आलम र गाड...
प्रधानमन्त्रीको विवादित बयान लगत्तै सुस्तामा एसएसबीको अवरोध
नवलपरासी । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिले राजनीतिक वृत्त तातिरहेका बेला सीमावर्ती क्षेत्र सुस्तामा त्यसको प्रत्यक्ष ‘साइड इफेक्ट’ देखिएको छ । प्रधानमन्त्रीको सम्बोधन लगत्तै नवलपरासीको सुस्तास्थित नेपाली...


