मिथिला माध्यमिकी परिक्रमा आजदेखि सुरु
काठमाडौँ । महाशिवरात्रि सम्पन्न भएसँगै मिथिला माध्यमिकी परिक्रमा आजदेखि सुरु भएको छ । १५ दिने धार्मिक यात्रासँगै महोत्तरीमा यात्रीको स्वागत र व्यवस्थापनको तयारी गरिएको छ । यात्री बिहीबार मटिहानीबाट महोत्तरी प्रवेश गर्नेछन् ।
यात्राक चौथो दिन महोत्तरी प्रवेश गर्ने यात्री मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड र कञ्चनवनमा पाँच रात बस्नेछन् । ती स्थानमा बास, खाना, स्वास्थ्य सेवा र सुरक्षाको व्यवस्था मिलाइएको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार यात्रालाई व्यवस्थित बनाउन स्थानीय तह, मठमन्दिर र प्रशासनबीच समन्वय भइरहेको छ । मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड र कञ्चनवनका स्थानीय तहले यात्राका लागि आवश्यक तयारी गरेका छन् । कञ्चनवनमा होली महोत्सव पनि आयोजना गरिनेछ ।
एक्सप्रेस
सम्बन्धित खबर
नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार, उपचारका लागि काठमाडौँ ल्याइँदै
काठमाडौँ । नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरभित्रबाट एक महिलाको जीवितै उद्धार गरिएको छ। विदुर नगरपालिका–१० बेत्रावतीस्थित स्थानीय आनन्द श्रेष्ठको पुरिएको घरबाट उनकी श्रीमती चण्डिका श्रेष्ठको सशस्त्र प्रहरी बलको टोलीले जीवितै उद्धार गरेको हो...
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्राचीन सहरी बस्ती असनको मौलिकता जोगाउन आजदेखि ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको छ ।
कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले उक्त कार्यक्रम कःमिलाछी ९कमलाक्षी० चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्...
विद्युत् ‘सर्ट’भएर आगलागी हुँदा दुई घर जलेर नष्ट, २६ लाख बराबरको क्षति
ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट ९सर्ट० भएर आगलागी हुँदा दुई घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । स्थानीय कोटमाया कार्कीको ढुङ्गामाटोको गारो र खरको छानो भएको दुईतले घरमा बिजुलीको तार सर्ट भएर आगलागी भएको थियो ।...
सुदूरपश्चिमका पहाडी भू–भागमा आंशिक बदली रहने
काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ । देशको तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सुरकुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो सुदूरपश...
सीमास्तम्भसम्म जाने सडक निर्माण नहुँदा सुरक्षाकर्मीलाई अनुगमनमा कठिनाइ
हुम्ला । नेपाल र चीनको सिमाना छुट्याउने सीमास्तम्भको अनुगमन गर्न सुरक्षाकर्मीलाई कठिनाइ हुने गरेको छ । स्थानीयदेखि संङ्घीय सरकारस्तरमा हुम्ला क्षेत्रमा पर्ने जति पनि दुई देशविचका सीमास्तम्भ रहेको भए पनि कुनै पनि सिमास्तम्भसम्म पुग्ने सडक निर्माण न...
असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै
काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।
असा...



