राष्ट्रिय झन्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न गृह मन्त्रालयको आग्रह
काठमाडौँ । गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी भनेको छ, ‘राष्ट्रको गौरव र स्वाभिमानको प्रतीक राष्ट्रिय झन्डाको प्रयोग गर्दा यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्नु होला, अन्यथा यसको दुरुपयोग भएको पाइएमा कानुनबमोजिम कारबाही हुने व्यहोरा गृह मन्त्रालय सबैमा हार्दिक अनुरोध गर्दछ ।’
निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद ४, दफा १३ को खण्ड न मा दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्याली गर्दा बढीमा १० वटा राष्ट्रिय झन्डा प्रयोग गर्नबाहेक निर्वाचन प्रचारप्रसार गर्दा राष्ट्रिय झन्डा प्रयोग गर्न गराउन नहुने व्यवस्था गरिएको मन्त्रालयको भनाइ छ ।
एक्सप्रेस
सम्बन्धित खबर
राष्ट्रपतिद्वारा ‘नेपाल विशेष सेवा’ अध्यादेश जारी
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल विशेष सेवा दोस्रो संशोधन अध्यादेश, २०८२’ जारी गरेका छन् । राष्ट्रपति पौडेलले शुक्रबार मंसिर ५ मा उक्त अध्यादेश जारी गरेका राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रद...
प्रचण्ड, रवि र बालेनलाई कारवाही गर्नुपर्छ : महेश बस्नेत
काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले माओवादी केन्द्रका संयोजक प्रचण्डमाथि अनुसन्धान गरेर कारवाही हुनुपर्ने बताएका छन् । शुक्रबार पार्टीको केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै बस्नेतले प्रचण्डका साथै रवि लामिछाने...
निर्वाचन प्राथमिकतामा राख्नुको अर्थ सुशासन र भ्रष्टाचारविरुद्धका मुद्दामा मौन बस्नु होइन : प्रधानमन्त्री
काठमाडौँ । नेपाल संवत् ११४६ को स्वागत कार्यक्रमका अवसरमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले देशलाई सुशासन र स्थायित्वको दिशामा अघि बढाउने प्रतिवद्धता व्यक्त गरेकी छन्। वसन्तपुरस्थित ऐतिहासिक समारोहमा बोल्दै उनले आगामी प्रतिनिधिसभा...
एमाले अध्यक्ष ओली केही दिन अस्पतालमै रहने
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्योपचारका लागि केही दिन अस्पतालमै रहने छन् । जेनजी आन्दोलन घटनाको छानबिन गर्न गठित उच्चस्तरीय आयोगको प्रतिवेदनका आधारमा अनुसन्धानका क्रममा प्रहरी हिरा...
उपसभापतिमा सोविता र तोसिमाको भिडन्त हुने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम महाधिवेशन अन्तर्गत आज हुने पदाधिकारी निर्वाचनमा महिला उपसभापति पदका लागि सोविता गौतम र तोसिमा कार्कीबीच भिडन्त हुने भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारहरूको अन्तिम नामावलीमा महिला उ...
रास्वपा १७, कांग्रेस पाँच तथा नेकपा दुई र एमाले एक सिटमा निर्वाचित , रास्वपाको अग्रता सय स्थानमा
काठमाडौँ । प्रतिनिधि सभा सदस्यको बिहीबार भएको निर्वाचनमा २५ स्थानको अन्तिम मतपरिणाम आएको छ । पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १७, नेपाली कांग्रेसले ५, नेपाली कम्युनिष्ट पार्टी नेकपाले २ तथा नेकपा एमालेले १ स्थानमा जित हास...



