शिक्षा मन्त्रालयले भन्यो : जेनजी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेनजी आन्दोलनका क्रममा घाइते भएकी एकता शाहलाई निःशुल्क एमबीबीएस अध्ययनको अवसर दिने निर्णय कानुन र नियम विपरीत नभएको स्पष्ट पारेको छ । चिकित्सा शिक्षा आयोगको व्यवस्थाअनुसार छात्रवृत्ति ‘मेरिट’ र कानुनी मापदण्डका आधारमा वितरण हुँदै आएको भए पनि यस वर्ष एमबीबीएस सिट वितरण भइसकेपछि अतिरिक्त कोटा दिइएको भन्दै केही विरोध उठेको थियो। त्यसपछि मन्त्रालयले विज्ञप्ति जारी गर्दै विषय स्पष्ट पारेको हो ।
मन्त्रालयका अनुसार राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अन्तर्गतको नियमित निःशुल्क छात्रवृत्ति कोटाभित्र नभई अतिरिक्त विशेष छात्रवृत्ति कोटाका रूपमा यो व्यवस्था गरिएको हो। सरकारले बजेट व्यवस्था गरेर छुट्टै निर्णयमार्फत अध्ययनको अवसर उपलब्ध गराएको विज्ञप्तिमा उल्लेख छ ।
एक्सप्रेस
सम्बन्धित खबर
सोमबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा तोकिएको छ ।
त्यसैगरी युरोपियन युरो एकको खरिददर १६८ रु...
एकैदिन सुनको मूल्य ३ हजार २०० रुपैयाँले बढ्यो, प्रतितोला ३ लाख २२ हजार ७०० पुग्यो सुन !
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकैदिन सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले बढेको हो । आइतबार प्रतितोला ३ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन सोमबार बढेर ३ ल...
आइतबार विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन...
सरकारले ७ हजार ५१४ को उद्धार गर्यो, ५ अर्ब बढी राहत कोषमा जम्मा भएको छ : प्रधानमन्त्री शाह
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकारद्वारा सञ्चालित उद्धार, राहत तथा पुनःस्थापनासम्बन्धी कार्यहरूको एकीकृत प्रगति विवरण सार्वजनिक गरेका छन् । भदौ १० गते आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङ लग...
नर्थ सिटी मल्टिप्रपोजले आईपीओ निष्काशन गर्ने
काठमाडौँ । नर्थ सिटी मल्टिप्रपोज लिमिटेडले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न जेठ ११ गते सोमबार काठमाडौंको टोखा–१० स्थित कम्पनीको कार्यालयमा दिउँसो ३ बजे प्रथम वार्षिक साधारणसभा बोलाएको छ ।
उक्त सभाले पूँजी वृद्धि पश्चात कायम हुने जारी...
अरुण नदीको सतिघाटमा पाँच महिनापछि फेरी पुनःसञ्चालन
भोजपुर । उत्तरीबाट भोजपुर र सङ्खुवासभालाई जोड्ने सतिघाटस्थित अरुण नदीको फेरी सेवा छ महिनापछि पुनः सञ्चालनमा आएको छ । वर्षात्का कारण गत जेठदेखि बन्द रहेको फेरी सोमबारदेखि पुनःसञ्चालनमा ल्याइएको हो । अरुण नदीमा पक्की पुल नहुँदा यहाँका बासिन्दा फेरीक...



